युद्ध वा शान्ति? द्वन्द्व वा सहयोग?
2022-12-23 13:21:00cri
Share with:

सन् २०२२ मा युरोपभरि कोभिड-१९ महामारीले आर्थिक क्षति गर्ने क्रम अझै समाप्त भएको छैन। रूस र युक्रेनबीचको युद्ध फेरि सुरु भएको छ। रूस-युक्रेन युद्धले विश्वमा सन् २००८ पछिको सबैभन्दा खराब खाद्य संकट निम्त्याएको छ जसबाट ३४ करोड ५० लाख मानिसको जीवन र जीविकोपार्जनलाई खतरामा धकेल्दै आएको छ। यसको साथै ऊर्जाको मूल्य पनि बढेको छ।      

 

संकटको बेला हामीले के गर्नुपर्छ? अमेरिकाले युक्रेनलाई कुल २१ अर्ब ९० करोड अमेरिकी डलरको सैन्य सहायता प्रदान गरेको छ। यसले युद्धको वृद्धिलाई निम्त्याएको छ साथै अमेरिकी हतियार व्यापारिक व्यवसायीहरूलाई ठूलो फाइदा दिलाएको छ।

 

यसको सट्टामा चीन र विश्वका अधिकांश शान्तिप्रिय देशहरूले साझा जीतको सहकार्यलाई बढाउने प्रयास गर्दैआएका छन्। सन् २०२२को जनवरी १ तारिख "क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौता" औपचारिकरूपमा लागू भएको र विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्रको रुपमा                                                        स्थापित भएको छ। दश आसियान मुलुकहरू चीन, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्यान्ड लगायतका स्वतन्त्र व्यापार क्षेत्रका १५ सदस्य मुलुकमध्ये व्यापार अझै सहज बनेको छ र साथै जनस्तरीय आदान-प्रदान पनि नजिकिँदै आएको छ। खुलापन, सहयोग र सहिष्णुता समयको अपरिवर्तनीय प्रवृत्ति बनेको छ।