राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी निर्देशक ली च्याछाउसँग भेटवार्ता
2022-12-24 15:42:43cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख पैचिङमा हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी निर्देशक ली च्याछाउसँग भेट-वार्ता गर्दै हङकङको वर्तमान परिस्थिति तथा विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यबारे जानकारी लिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, कार्यकारी निर्देशक नियुक्त भएदेखि ली च्याछाउले हङकङ विशेष प्रशासनिक क्षेत्रको नयाँ सरकारको नेतृत्व गरेर समाजको विभिन्न क्षेत्रलाई एकीकृत गरेर राष्ट्रिय सुरक्षाको सुदृढताका साथ रक्षा गर्नुका साथै अर्थतन्त्रको पुनःउत्थान गरी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन भावनाको सिकाइ र सोको कार्यन्वयन गरेर “एक देश दुई व्यवस्था” को उचित लीगमा हङकङ स्थिरताका साथ अगाडि जाँदैछ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले ली च्याछाउ र विशेष प्रशासनिक क्षेत्रीय सरकारको कार्यमाथि पूर्ण रूपमा सक्रिय मूल्याङ्कन गरेको छ।

“एक देश दुई व्यवस्था” चिनियाँ विशेषतायुक्त समाजवादको महान सिर्जना हो र हङकङ तथा मकाउको दीर्घकालीन स्थिरता, समृद्धि तथा विकासका लागि सबैभन्दा राम्रो व्यवस्था हो। नयाँ युग र नयाँ यात्रामा हङकङको भविष्य ज्यादै सुन्दर हुने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।