विविध कदमबाट वैदेशिक व्यापार बढाउनेः चिनियाँ वाणिज्य मन्त्रालय
2022-12-24 15:51:03cri
Share with:

हाल वैदेशिक व्यापारको अवस्था जटिल र गम्भीर बनेको छ। चीनका विभिन्न क्षेत्रले विविध कदमबाट व्यवसायलाई सहयोग गर्दैछन्।  विभिन्न क्षेत्रले व्यापारिक विमानको प्रयोग गरी वैदेशिक व्यापार व्यवसायकालागि विदेशमा वाणिज्य गतिविधिमा भाग लिन सुविधा दिन चिनियाँ वाणिज्य मन्त्रालयले निरन्तर रूपमा समर्थन दिएको छ। साथै सेवा कदमको सुधार गरेर चीनमा आएर व्यापार गर्ने विदेशी व्यापारीलाई अझ बढी सुविधा दिने पनि जनाएको छ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता शु युथिङले उक्त जानकारी दिनुभएको हो। साथै वाणिज्य मन्त्रालयले विभिन्न क्षेत्रसँग व्यवसायिक  प्रदर्शनमा भाग लिन अझ बढी समर्थन दिनेछ। अफ-लाइन प्रदर्शन पुनःसुरूबारे विचार गर्नुका साथै अन-लाइन प्रदर्शनको निरन्तर रूपमा विकास गर्ने जनाइएको छ।