डा विकास राईसँग साक्षात्कार
2022-12-25 18:14:39CRI
Share with:

डा विकास राईले चीनबाट एमबीबीएस एमडी र पिएचडी गर्नु भएको छ। हङकङमा जन्मिएर प्राथमिकत शिक्षा हङकङमै लिनु भएका उहाँले नेपालको लिटलएन्जेल्स स्कुलबाट एसएलसी उत्तीर्ण गरी काठमाडौँ विश्वविद्यालयबाट आइएस्सी गर्नु भएको हो।

मेडिकल शिक्षामा चीनबाट एमडी गरेपछि उहाँले केही समय नेपालको बीर अस्पतालमा पनि काम गर्नु भएको छ। उहाँको नेपाल र चीनको अनुभवमा केन्द्रित रहेर सहकर्मी चेतनाथ आचार्यले नोभेम्बर १६ तारिखमा उहाँसँग लामो अन्तर्वार्ता लिनु भएको छ। यो अन्तर्वार्तालाई मैले पाँच भागमा वर्गीकरण गरेकी छ। आजको साक्षात्कार कार्यक्रममा डा विकास राईसँगको अन्तर्वार्ता सुनौं।