चाइना मिडिया ग्रुपद्वारा सन् २०२२ अर्थतन्त्रसम्बन्धी चिनियाँ र अन्तर्राष्ट्रिय १० वटा समाचार सार्वजनिक
2022-12-25 16:16:30cri
Share with:

चाइना मिडिया ग्रुपले सन् २०२२ को अर्थतन्त्रसम्बन्धी चिनियाँ र अन्तर्राष्ट्रिय १० वटा समाचार सार्वजनिक गरेको छ।

सन् २०२२ अर्थतन्त्रसम्बन्धी चीनका १० वटा समाचारहरू यस प्रकार छन्।

१.चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सफलताका साथ आयोजना भएको छ। चीनले समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण गर्ने नयाँ यात्रा सुरू गरेको छ।

२. चीनले महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकास प्रभावकारी रूपमा समायोजन गर्दै यस वर्षको कुल आर्थिक रकम १२००खर्ब युआनभन्दा बढी पुग्ने अनुमान छ।

३. विश्वव्यापी रूपमा पैचिङ हिउँदे ओलम्पिकको अवलोकन गर्ने दर्शकको संख्याले रेकर्ड सिर्जना गरेको छ। जसबाट चीनको हिउँ तथा बरफ अर्थतन्त्र तिव्र गतिले विकसित भएको छ।

४. चालू वर्ष चीनको खाद्यन्न उत्पादन मात्रा निरन्तर ८ वर्षदेखि ६ खर्ब ५० अर्ब केजीभन्दा बढी पुगेको छ।

५. चीनको कोइला उत्पादन मात्राले ऐतिहासिक रेकर्ड सिर्जना गर्नुका साथै कच्चा पेट्रोलको उत्पादन २० करोड टनभन्दा बढी हुने अनुमान गरिएको छ। नयाँ ऊर्जा-स्रोतको मात्रामा द्रुत गतिको वृद्धि कायम राखिएको छ।

६. चीनको वैदेशिक व्यापार स्थिरताका साथ बढेको छ।

७. चीनको अन्तरिक्ष स्टेशन स्थापना भएको छ। चीनबाट उत्पादित ठूलो विमान सी ९१९ सञ्चालनमा आएको छ।

८. पाइहथान जल-विद्युत स्टेशन सञ्चालनमा आएको छ। विश्वमा सबैभन्दा ठूलो स्वच्छ ऊर्जा-स्रोत कोरिडोर स्थापना भएको छ।

९. १ अर्ब ३६ करोड मानिस ढाकिएको चीनको एकिकृत चिकित्सा विमा सूचना मञ्च स्थापना भएको छ।

१०. चीनले विश्वमा सबैभन्दा ठूलो मोबाइल ब्रोडब्यान्ड र अप्टिकल सञ्जालको स्थापना गरेको छ।

 

यसै गरी सन् २०२२ अर्थतन्त्रसम्बन्धी १० वटा अन्तर्राष्ट्रिय  समाचारहरू यस प्रकार छन्।

१. रूस-युक्रेन संघर्ष सुरू भएर विश्वको ऊर्जा-स्रोत तथा खाद्यान्न बजार प्रभावित भएको छ।

२. “क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धि ” को कार्यन्वयन सुरू भएको छ। विश्वमा सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र सञ्चालनमा आएको छ।

३. पहिलो चीन-अरबेली देशबीच शिखर सम्मेलन आयोजनासँगै चीन र अरबेली देशको आर्थिक तथा व्यापारिक सहयोग नयाँ उचाइमा पुगेको छ।

४. इन्डोनेशिया जकार्टा-बानदुङ तीव्र गतिको रेल सफलताका साथ सञ्चालनमा आएको छ। चिनियाँ गति र चिनियाँ उत्पादनले विश्वलाई फाइदा पुर्याएको छ।

५. बहुमुलुकमा उच्च मुद्रास्फिति बढेको छ। विश्वमा अर्थतन्त्रको मन्दीको खतरा बढेको छ।

६. फेडेरल रिजर्भले खतरानक रूपमा नाफा बढाएर विश्वको बैकिंङ बजारको प्रणालीलाई अराजक बनाएको छ।

७. अमेरिकाले “मुद्रास्फिति घटाउने कानून” र “चिप तथा विज्ञान कानून” को तर्जुमा गरेर अन्तर्राष्ट्रिय व्यापार तथा लगानीलाई अराजक पार्नुका साथै विश्व व्यवसाय श्रृंखला तथा आपूर्ति श्रृंखलाको स्थिरतालाई भंग गरेको छ।

८. विश्वको जनसंख्या ८ अर्बभन्दा बढी पुगेको छ। दिगो विकासका सामु चुनौती थपिएको छ।

९. कतार फिफाको आयोजनाले आधारभूत प्रबन्धको निर्माणको उपभोगलाई बढाएको छ। विश्वले फुटबल लाभ बाँडेको छ।

१०. आर्थिक तथा वितीय नीतिबाट बजारको चिन्ता तथा त्रास बढेको हुनाले बेलायती प्रधानमन्त्री धेरैपटक परिवर्तन भएका छन्।