चिनियाँ केन्द्रिय ग्रामीण कार्य बैठकमा सी चिनफिङको सम्बोधन
2022-12-25 16:33:01cri
Share with:

डिसेम्बर २३ तारिखदेखि २४ तारिखसम्म चीनको केन्द्रिय ग्रामीण कार्य बैठक पैचिङमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै ग्रामिण पुनःउत्थानलाई चौतर्फी रूपमा बढाउनु र कृषि शक्तिशाली देशको निर्माणलाई तीव्र पार्नु केन्द्रिय समितिले समाजवादी आधुनिकीकरण शक्तिशाली देशको निर्माणमाथि लक्षित बनाएको रणनीति भएको बताउनुभएको छ।

उहाँका अनुसार, देशलाई शक्तिशाली बनाउनका लागि सर्वप्रथम कृषिलाई बलियो पार्नुपर्छ। कृषि बलियो भए मात्र देश शक्तिशाली हुनेछ। कृषि शक्तिशाली देश नभएमा पूरै आधुनिकीकरण देश हुने छैन। कृषि र ग्रामिण क्षेत्रको आधुनिकीकरण नभएमा समाजवादी आधुनिकीकरण पूर्ण हुने छैन। प्रयास गर्दै ग्रामिण पुनःउत्थान केन्द्रित “कृषि, ग्रामीण क्षेत्र तथा किसान” सम्बन्धी विविध कार्य राम्ररी गरेर कृषि र ग्रामिण क्षेत्रको आधुनिकीकरणलाई अगाडि बढाउनुपर्छ।

सो बैठकको अध्यक्षता प्रधानमन्त्री ली खछ्याङले गर्नुभएको थियो।

कृषि शक्तिशाली देशको निमार्णमा चीनको विशेषता देखाएर चीनको स्वदेशी अवस्थाको आधारमा आफ्नो बाटोमा हिँड्नुपर्ने पनि सीले औँल्याउनुभयो। खाद्यान्न तथा महत्त्वपूर्ण कृषि उत्पादनको स्थिर तथा लक्षित आपूर्ति कृषि शक्तिशाली देशको निमार्ण गर्ने प्रथम मामिला भएको कुरामा पनि सीले जोड दिनुभयो।

उहाँका अनुसार, ग्रामिण पुनःउत्थानलाई चौतर्फी रूपमा अघि बढाउनु नयाँ युगमा कृषि शक्तिशाली देशको निमार्ण गर्ने प्रथम कार्य हो।

दुवै विज्ञान तथा प्रविधि र सुधारबाट कृषि शक्तिशाली देशको निमार्णलाई तीव्र पारिनुपर्छ।

ग्रामीण क्षेत्रको आधुनिकीकरण कृषि शक्तिशाली देशको निमार्ण गर्ने भित्री माग र आवश्यक शर्त हो। आवास तथा रोजगार र राम्रो तथा सुन्दर गाउँको निर्माण कृषि शक्तिशाली देशको प्रमुख तत्व हुन्।