नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ परराष्ट्र मन्त्रालयको बधाई
2022-12-26 18:30:31cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ निङले डिसेम्बर २६ तारिख परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै नेपालको आम निर्वाचन स्थिर तथा सुचारु रुपमा सम्पन्न भएकोमा चीनले ध्यान दिँदै नेपालको नयाँ सरकारका प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई व्यक्त गरेको बताउनुभयो। नेपाल सरकार र नेपाली जनताको संयुक्त प्रयासमा नेपालमा राष्ट्रिय स्थिरता र आर्थिक सामाजिक विकास कायम रहने विश्वास चीनले गरेको पनि प्रवक्ता माओ निङले प्रकट गर्नुभयो।

परम्परागत मैत्री असल छिमेकी मुलुकको रुपमा चीन-नेपाल सम्बन्धलाई उच्च महत्त्व दिँदै नेपालको नयाँ सरकारसँग दुई देशका विभिन्न क्षेत्रमा रहेका मैत्रीपूर्ण आदान-प्रदान र सहयोगलाई गहन पार्ने, बेल्ट एण्ड रोडको संयुक्त तथा गुणस्तरीय रुपमा निर्माण गर्ने, दुई देशका जनतालाई अरु बढी हित-कल्याण सिर्जना गर्ने इच्छा चीनले लिएको कुरामा जोड दिनुभयो।