मध्य युरोपमा अवस्थित स्वीजर्ल्याण्ड परम्परागत बरफ तथा हिउँ खेल सम्बन्धी शक्तिशाली मुलुक हो। यही स्वीजर्ल्याण्डको एउटा सास्फी स्की नामको रिसोर्टमा चिनियाँ प्रशिक्षक ली लोङ लोङ काम गर्नुहुन्छ। धेरै वर्षदेखि स्वीजर्ल्याण्डमा काम गर्दै आउनुभएकोले उहाँ स्थानिय समाजसँग अभ्यस्त पनि हुनुहुन्छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि युरोपेलीहरुले चीनको बरफ र हिउँ खेललाई अरु बढी ध्यानाकर्षण दिँदै त्यसको सक्रिय मूल्याङ्कन गरेको उहाँको अनुभव छ।
सन् २०१३मा स्वीजर्ल्याण्डको राष्ट्रिय पर्यटन व्यूरोको निम्तोमा केही चिनियाँ स्की प्रशिक्षकहरुले स्वीजर्ल्याण्डमा तालिम लिएर स्वीजर्ल्याण्डमा आउने चिनियाँ पर्यटकहरुलाई स्की सिकाउने कार्य थलिएको थियो। सम्बन्धित परीक्षा पार गरेपछि ली लोङ लोङले स्की प्रशिक्षकको योग्यता प्राप्त गरी स्वीजर्ल्याण्डमा पहिलो खेपका आठ जना चिनियाँ प्रशिक्षकहरुमध्येका एक बन्नुभएको थियो।
पछि ली लोङ लोङलाई स्वीजर्ल्याण्डको एउटा सानो शहर भेरबिएरको एउटा स्की स्कूलमा काम गर्न खटाइएको थियो। उहाँको मुख्य काम त्यहाँ स्की खेल्न आएका समूह र व्यक्तिहरुको सत्कार गर्नु थियो।
ली लोङ लोङले विभिन्न उमेरका स्की सौखिनहरुलाई सिकाउनुभयो। केही विद्यार्थीको भने उहाँको मनमा गहिरो छाप पनि परेको छ। उहाँले ७० वर्षको उमेरमा पहिलो पटक स्की खेल्न आएका एक चिनियाँलाई सिकाउनुभएको थियो। सो वृद्धले पहिलो पटक स्की खेले तापनि हिउँद ऋतुभरि निरन्तर रूपमा स्की खेलमा ध्यान दिनुभएको थियो।
स्थानीय बासिन्दाहरुसँग आदान-प्रदान गरेपछि चीनप्रतिको उनीहरुको छाप केही पश्चिमा सञ्चार माध्यमको रिपोर्टमा मात्र सिमित रहेको ली लोङ लोङले थाहा पाउनुभयो। आफ्नो कोशिशमार्फत स्वीजर्ल्याण्डका अरु धेरै नागरिकहरुलाई साँचो चीनबारे जानकारी दिनसक्ने आशा उहाँले गर्नुभयो।
भेरबिएरमा केही वर्षसम्म काम गरेपछि सन् २०२१ को नोभेम्बरमा ली लोङ लोङले सास्फी स्की रिसोर्टमा आएर स्की सिकाउन थाल्नुभएको हो। स्वीजर्ल्याण्डमा काम गरेको अनुभव चीनका स्की प्रशिक्षकहरुसँग बाँडेर अरु बढी उत्कृष्ट योग्य व्यक्तिहरु हुर्काएर चीनको स्की खेलका लागि आफूले योगदान पुर्याउनसक्ने आशा उहाँले राख्नुभएको छ।
स्वीजर्ल्याण्डको बसाइको क्रममा ली लोङ लोङले पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि युरोपेलीहरुले चीनको बरफ र हिउँ खेललाई अरु बढी ध्यानाकर्षण दिँदै त्यसको सक्रिय मूल्याङ्कन गरेको अनुभव गर्नुभएको छ। उहाँका अनुसार, स्की क्षेत्रमा स्थानीय बासिन्दाहरुले चीनबारे अरु बढी छलफल गरेका छन्। पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि उनीहरुले चीनमा स्की खेल्न सक्ने र स्की प्रतियोगिताको आयोजना गर्न सक्ने थाहा पाएका छन्। उनीहरुले पैचिङ हिउँदे ओलम्पिक खेलकुदबारे स्वीजर्ल्याण्डको सञ्चार माध्यमको रिपोर्टबाट तीस करोड चिनियाँहरुले बरफ र हिउँ खेलमा भाग लिएको तथा बरफ र हिउँ खेलप्रति चीन सरकारको समर्थन र हिउँदे ओलम्पिक खेलकुदका लागि चीनले चालेका कदमहरू बारे जानकारी लिएका छन्।
पैचिङ हिउँदे ओलम्पिक खेलकुदको सफल आयोजना तथा चीनको बरफ र हिउँ खेलको तीव्र विकासबाट चिनियाँ ली लोङ लोङलाई धेरै गौरव लागेको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयो,
चालू वर्ष तालिम लिन यहाँ आएका धेरै व्यावसायिक खेलाडीहरुले मसँग कुरा गर्दा आफूहरू चीन गएको मलाई बताउनुभयो। उहाँहरुले चीन गएर चीनले सफलताका साथ प्रतियोगिताको आयोजना गरेको देख्नुभएपछि मलाई धेरै गौरव लागेको छ।
विदेशमा धेरै वर्षसम्म बसे तापनि आफ्नो मातृभूमिलाई ली लोङ लोङ माया गर्नुहुन्छ। उहाँले भन्नुभयो,
हामी विदेशमा धेरै वर्ष बसेका छौँ। तैपनि चीन आफ्नो मातृभूमि र घर हो। अरु व्यक्तिलाई चीनमाथि हिलो छ्याप्ने छूट म दिने छैन।