यो त साँच्चिकै जीवनको स्वाद हो
2022-12-27 15:09:12cri
Share with:

 

चिनियाँहरूले भन्ने गर्छन् कि मानिस खानामा निर्भर छ जसबाट चिनियाँको मनमा खानाको स्थान देख्नसकिन्छ। त्यसैले खानपान उद्योग पनि शहरको जैविक शक्ति हेर्ने महत्त्वपूर्ण सूचकमध्येको एक बनेको छ। हाल पैचिङमा उत्पादनको पूर्ण रूपमा पुनरूत्थान भएसँगै खानपान उद्योग पनि पुनरूत्थान भएको छ। गत सप्ताहन्त पैचिङका विभिन्न वाणिज्य क्षेत्रमा फेरि पनि भीडभाड देखिएको छ साथै रेस्टुराँमा पनि व्यस्त र रमाइलो देखिएको छ। भोजन अवधिमा लोकप्रिय रेस्टुराँमा लामो लाइन थियो भने धेरैजसो रेस्टुराँमा ग्राहकको प्रवाह अपेक्षाभन्दा धेरै नाघेको थियो।

 चीनको महामारी नियन्त्रण नीति खुला भएसँगै धेरै पश्चिमा मुलुकले प्रश्न पनि गरेका छन् कि किन चीनले अगाडि नै खुला नगरेको?किन आर्थिक जोखिम भए पनि महामारी नियन्त्रण नीति कायम राखेको?अमेरिकी एबीसी टेलिभिजन स्टेशनका पूर्व महानिर्देशक एवम चीन र ग्लोबलाइजेशन केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हार्भी जोदिनले उत्तर दिनुभएको छ कि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय मिशन नै जनतालाई सेवा गर्ने हो।

महामारी फैलिएको लगभग ३ वर्षयता चीनले आर्थिक मूल्य चुकाए पनि वैज्ञानिक रूपमा तथा कठोर महामारी नियन्त्रण नीतिमा अडिग रहिरहेको छ। सो अवधिमा पश्चिमा मुलुकले महामारी नियन्त्रण गर्न छोडिसकेको थियो साथै पश्चिमा मिडियाले पनि चीनको महामारी नियन्त्रण नीतिसम्बन्धी प्रश्न उठाइरहेका थिए। वास्तवमा सुरूदेखि चीनले पश्चिमा मुलुकको महामारी नियन्त्रणभन्दा फरक बाटो छानेको थियो। १ अर्ब ४० करोड जनसंख्या बोकेको ठूलो मुलुकको रूपमा रहेको चीनले मानवीय खर्च धान्न सक्दैन साथै त्यति खर्च धान्न इच्छुक पनि छैन। जसबाट जनतालाई प्राथमिकता राख्ने नीतिमा चीन अडिग रहिरहेको प्रतिबिम्बित भएको छ। त्यसैले चीनले लगभग ३ वर्ष समय लिएर भाइरस विषाक्तता घटेको र व्यापक रूपमा खोप लगाएको मूल्यवान अवधि पाएको छ। हार्भी जोदिनले भन्नुभए झैँ लगभग ३ वर्षयता चीनको कडा महामारी नियन्त्रण नीतिबाट स्पष्ट उपलब्धि भएको छ तर विश्वका धेरैजसो मुलुकले अघि नै छोडिसकेका थिए भने जीवनको नोक्सानीमा आर्थिक विकासलाई प्रवर्द्धन गरेका थिए। उनीहरूले मानिसलाई ख्याल गरेका छैनन् मात्र पैसा हो। ती मुलुकहरूले कठोर नीति छोडेर अनावश्यक रूपमा धेरै मूल्यवान जीवनलाई गुमाएका छन्।

गत शनिबार बिहान ११ बजे पैचिङको छाउयाङ जिल्लाको चर्चित शपिङ मल होप्सनमा पहिलो खेप ग्राहक पुगेका छन्। रेस्टुराँमा भीडभाड देखिन्छ, ३ तहको बच्चा खेल क्षेत्रमा धेरै बुवाआमाले बच्चा लिएर खेलेका छन्। एक हटपट रेस्टुराँका मालिकका अनुसार, दुई हप्ताअघि लगभग सबै टेकआउट थिए र तत्स्थान खाने ग्राहक एकदम थोरै थियो, २१ तारिखदेखि ग्राहक प्रवाह २,३ गुणा बढेको छ र खाना खाननका लागि २ घण्टाभन्दा बढी लाइनमा कुरेका छन्। तत्स्थानको रमाइलो वातावरण र ग्राहकको अनुहारमा देखिने खुसी अनुभवबाट यो शहरको जीवन स्वाद फर्केको देखिन्छ। चीनले जिम्मेवार तरिकामार्फत साँच्चिकै जीवनको स्वाद कायम राखेको छ।