जलवायु परिवर्तनको सामना गर्न मानवजातिले मिलेर सहयोग गर्नुपर्छ
2022-12-28 15:13:40cri
Share with:

सन् २०२२ मा चरम मौसम र प्राकृतिक प्रकोप विश्वका विभिन्न ठाउँहरूमा धेरैपटक देखिएका छन् जसबाट पृथ्वीको पर्यावरण तथा परिस्थितिको घण्टी बजाइएको छ। जलवायु परिवर्तन संकट साँच्चिकै मानवजातिसमक्ष देखिएको छ जुन भविष्यको चुनौती नभइ वर्तमान धम्की बनेको छ। विकसित मुलुक होस् वा विकासोन्मुख मुलुक कुनै मुलुक पनि जलवायु परिवर्तनको चुनौतीबाट अलग हुनसक्दैन।

 

जलवायु परिवर्तन समस्त मानवजातिसमक्ष देखिएको धम्की हो त्यसैले सहयोग नै त्यसको सामना गर्ने एक मात्र उपाय हो। अन्तर्राष्ट्रिय कानूनको नियम अनुसार, विश्वका विभिन्न मुलुकले साझा तर फरक जिम्मा लिनुपर्छ। तर केही विकसित मुलुकले पहिला नै ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गरेपछि लिनुपर्ने जिम्मा र त्यसबाट विकासोन्मुख मुलुकमा परेको क्षतिमाथि बेवास्ता गरी विकासोन्मुख मुलुकहरूको विभिन्न विकास अधिकार र वास्तविक चाहनामा ध्यान दिएको छैन।

 

यस वर्ष चीनले धेरै विकासोन्मुख मुलुकसँग मिलेर विश्व जलवायु व्यवस्थापन क्षेत्रमा अनेकन् उपलब्धि र प्रगति प्राप्त गरेको छ साथै एक आपसबीच सहयोगलाई बढाएर अन्तर्राष्ट्रिय मामिलामा आफ्नो बोल्ने अधिकार पाउन सफल नमूना प्रदान गरेको छ।

 

जलवायु परिवर्तन वास्तविक र तीव्र संकट बनिसकेको छ। हरेक मुलुकले आफ्नो जिम्मा लिनुपर्छ साथै सबैले मिलेर विश्व जलवायु परिवर्तन व्यवस्थापनलाई बढाउनुपर्छ।