चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक विभागद्वारा लोकतान्त्रिक कार्य बैठकको आयोजना
2022-12-28 16:18:45cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागले सी चिनफिङको नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी विचारलाई सम्पूर्णरूपमा कार्यान्वयन गर्न डिसेम्बर २६ देखि २७ तारिखसम्म लोकतान्त्रिक कार्य बैठक आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्दै महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ। सी चिनफिङले चिनियाँ शैलीको आधुनिकीकरण एउटा अभूतपूर्व अग्रगामी कार्य भएको कारणले सबैले अन्वेषण र नवप्रवर्तन गर्नुपर्ने कुरा जोड दिनुभयो। सी चिनफिङले पार्टीले सधैँ सम्पूर्ण चिनियाँ जनताको आधारभूत हितको प्रतिनिधित्व गरेको साथै कुनै स्वार्थ समूह, अधिकारी समूह वा विशेषाधिकार समूहको हितको प्रतिनिधित्व नगरेको कुरामा जोड दिनुभयो।