चीनले महामारीको प्रतिरोध गर्ने श्रेष्ठता वास्तविकता बमोजिम परिवर्तन
2022-12-28 16:16:04cri
Share with:

चीन सरकारले डिसेम्बर २६ तारिख बेलुका विज्ञप्ति जनाउँदै नयाँ खालको कोरोना भाइरस निमोनियाको नामलाई नयाँ खालको कोरोना भाइरस संक्रमणमा परिणत गरेको छ। यसका साथै चीनले सन् २०२३ को जनवरी ८ तारिखदेखि जन गणतन्त्र चीनको सरुवा रोगको प्रतिरोध सम्बन्धी ऐन बमोजिम नयाँ खालको कोरोना भाइरस संक्रमणको व्यवस्थापनलाई वर्गमा राख्दै ख खालक व्यवस्थापनमा मिलाएको छ।

यो महामारीको प्रतिरोधका लागि चीनको नीतिमा भएको सुधार हो। जुन चीनले भाइरसको परिवर्तन, महामारीको स्थिति तथा महामारीको प्रतिरोध सम्बन्धी अनुभवको मूल्याङ्कन गर्ने आधारमा वास्तविकता बमोजिम गरेको गतिबिधि हो।

कोरोना महामारी देखा परेको प्रारम्भिक अवधिमा चीनले सम्बन्धित ऐन बमोजिम त्यसलाई ख खालको सरुवा रोगको परिधिमा राखेर क खालको सरुवा रोगको प्रतिरोध र नियन्त्रण गर्ने कदम चालेको थियो। त्यसको उद्देश्य कडा कदममार्फत सबैभन्दा ठूलो हदमा महामारीको फैलावटको नियन्त्रण गर्न सकिने थियो। विगत तीन वर्षयता चीनमा महामारीको फैलावट र मृत्यु भएको संख्या विश्वको न्युनतम स्तरमा कायम छ।

हाल विश्वको चिकित्सा क्षेत्रले ओमिक्रोन भाइरस कमजोर भएको ठहर गर्छ। चीनले चालेको नयाँ कदम वर्तमान स्थितिसँग अनुकूल रहेको छ, जसले सबै कुरा वास्तविकता बमोजिम बैज्ञानिक तरिकाको उपयोग गर्ने विशेषता अभिव्यक्त गरेको छ।