राष्ट्राध्यक्ष सीका सन्देशमा "संघर्षको आवाज"
2022-12-29 17:32:19cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङका नयाँ वर्षका शुभकामना सन्देशहरूमा संघर्ष भन्ने शब्द बारम्बार उल्लेख हुने गरेको छ।

सन् २०१७ मा चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सफलताका साथ सम्पन्न भयो। यो वर्ष चीनको कुल उत्पादन मात्रा ८०० अर्ब चिनियाँ युआन पुगेको र शहर तथा ग्रामीण क्षेत्रमा १ करोड ३० लाखभन्दा बढी नयाँ रोजगारी थपिनुका साथै एक करोडभन्दा बढी ग्रामीण गरिब जनत गरिबीबाट मुक्त भएका थिए।

सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो शतवार्षिकोत्सव मनाएको थियो। सो अवसरमा विश्वले चिनियाँ कम्युनिष्ट पार्टी र राष्ट्रको इतिहासमा उल्लेखनीय मामिलाहरू अनुभूत गरेका थिए। "दुई शताब्दी" लक्ष्य ऐतिहासिक एक समयमै प्राप्त भएको र चीनले आधुनिक समाजवादी मुलुकको सम्पूर्ण निर्माणको नयाँ यात्रा सुरू गरेको थियो। साथै चीनले दोस्रो शताब्दीको लक्ष्यको सफलतातर्फ नयाँ यात्रालाई अगाडि बढाउँदै आएको छ।