चीन-बेनिन दौत्य सम्बन्ध पुनःस्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा दुई देशका नेताबीच बधाई सन्देश आदान प्रदान
2022-12-29 15:47:25cri
Share with:

डिसेम्बर २९ तारिख चीन र बेनिन बीच दौत्य सम्बन्ध पुनःस्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र बेनिनका राष्ट्रपति पाट्रिस गुइलौमे अथानासे तालोनले एक अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।
 
राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान चीन-बेनिन सम्बन्धको विकास प्रवृत्ति राम्रो भएको र दुई पक्षले विभिन्न क्षेत्रमा सहयोगबाट उपलब्धि हासिल गरी दुई देशका जनतालाई वास्तविक हित ल्याएको उल्लेख गर्नुभएको छ। आफूले चीन-बेनिन सम्बन्धमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति तालोनसँग मिलेर वेल्ट एन्ड रोड र चीन-अफ्रिका सहयोग मञ्च प्रारूप आधारित विभिन्न क्षेत्रका सहयोगलाई बढाई चीन-बेनिन सम्बन्धलाई उकास्ने इच्छा लिएको पनि राष्ट्राध्यक्ष सी चिनफिङले व्यक्त गर्नुभएको छ।
 
राष्ट्रपति तालोनले आफूले राष्ट्राध्यक्ष सी चिनफिङसँग मिलेर अझ शक्तिशाली र दृढ बेनिन-चीन सम्बन्धको विकास गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो। बेनिन-चीन सहयोगबाट पक्कै पनि अझ ठूलो उपलब्धि हुने आफ्नो दृढ विश्वास रहेको उहाँले बताउनुभएको छ।