राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ नव वर्षको अवसरमा बधाई सन्देश दिनुहुने
2022-12-30 14:51:58cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ समय अनुसार, डिसम्बर ३१ तारिख बेलुका ७ बजे चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत् सन् २०२३ नव वर्षको अवसरमा बधाई सन्देश व्यक्त गर्नुहुने छ।
चाइना मिडिया ग्रुपमातहत व्यापक च्यानल, समाचार च्यानल, अन्तर्राष्ट्रिय च्यानल, फोर के च्यानल, विभिन्न विदेशी भाषा च्यानल, सीएनआर, सीआरआई, र जन दैनिक अखबार वेबसाइट, सिनह्वा समाचार समिति वेबसाइट, सीएमजी एप्सलगायत केन्द्रिय प्रमुख समाचार मिडियाका वेबसाइट तथा नयाँ मिडिया प्लेटफर्ममार्फत् प्रसारण गरिने छ।