चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति पुटिबीच भिडियो संवाद
2022-12-30 20:21:27cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले डिसेम्बर ३० तारिख दिउँसो पैचिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो संवाद गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले एक वर्षको अन्त्यमा सम्माननीय राष्ट्रपति पुटिनसँग भिडियो संवाद गर्न पाएकोमा आफूलाई खुसी लागेको बताउँदै यो एउटा राम्रो परम्परा बनेको बताउनुभयो। संयुक्त नेतृत्वमा चीन र रुस बीचको नयाँ युगको सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्ध अरु परिपक्व हुँदै आएको र दुई देश बीचको सहयोगको प्रेरक शक्ति र विशेष मूल्य अझ स्पष्ट हुँदै आएको उहाँले बताउनुभयो। रुस तथा विश्वमा प्रभुत्ववाद विरुद्ध प्रगतिशील शक्तिहरुसँगै मिलेर कुनै पनि किसिमको एकपक्षीयवाद, संरक्षणवाद तथा प्रभुत्ववादको विरोध गरी दुई देशको सार्वभौमिकता, सुरक्षा, विकासको हित तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको दृढताका साथ संरक्षण गर्न चीन इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

राष्ट्रपति पुटिनले दुई देश बीचको राम्रो परम्पराको निरन्तरता दिएर नव वर्षको पूर्वसन्ध्यामा राष्ट्राध्यक्ष सी चिन फिङसँग भिडियो संवाद गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै चीनसँग घनिष्ठ आदान प्रदान गरी विभिन्न क्षेत्रको सहयोगलाई सक्रियताका साथ अघि बढाउने अपेक्षामा रुस रहेको स्पष्ट पार्नुभयो।