लुबान कार्याशालाद्वारा इथियोपियाका युवाका लागि रोजगारी अवसर
2022-12-30 15:32:24cri
Share with:

२५०० वर्षअघि प्राचीन कालको बसन्त र शरद अवधिमा शिल्पकार लुबानले विविध उपकरणको विकास गरेका कारण चीनभरि निकै प्रसिद्ध भए। २५०० वर्षपछि लुबानको नाममा स्थापना गरिएको व्यावसायिक शिक्षा अन्तर्राष्ट्रिय आदान-प्रदान चौतारो अर्थात् लुबान कार्याशालाको विश्वमा प्रशंसा गरिँदैछ। 

सन् २०१८ को सेप्टेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनम सम्बोधन गर्दै चीनले अफ्रिकामा दश वटा लुबान कार्याशालाको स्थापना गर्ने, अफ्रिकी युवाहरूलाई व्यावसायिक कौशलको तालिम दिने बताउनुभयो। सन् २०२१ को नोभेम्बरमा चीन-अफ्रिका सहयोग मञ्चका मन्त्रीहरूको आठौं सम्मेलनको उद्घाटन समारोहमा भिडियोको तरीकामार्फत सहभागी हुनुभएका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी निरन्तर रुपमा लुबान कार्याशालाको स्थापना गर्ने, अफ्रिकामा रहेका चिनियाँ उद्योग-व्यवसायलाई अफ्रिकाका लागि कम्तीमा आठ लाख रोजगार अवसर उपलब्ध गराउन प्रोत्साहन गर्ने कुरामा जोड दिनुभयो। 

 “नमस्ते, मेरो नाम क्वान हाईशान हो। म सबैलाई रोबोट प्रोग्रामिङ देखाउँछु है। सर्वप्रथम, म रोबोटलाई शुरुवात बिन्दु सार्ने छु। त्यसपछि रोबोट अन्त्य बिन्दु सारिने छ। भेरी कु, हो कि? 

क्वान हाईशान इथियोपियाका युवा हुन्। उनी इथियोपिया विज्ञान विश्वविद्यालयको चौथो वर्षका विद्यार्थी हुन्। उनले इथियोपियाको व्यावसायिक प्रविधि तालि कलेजमा रहेको लुबान कार्याशालामा चिनियाँ भाषाद्वारा सबैलाई रोबोट देखाउँदैछन्। 

क्वान हाईशानले मेसिनरी स्वचालन माया गर्छन् र चीनको सँस्कृतिप्रति चासो लिन्छन्। त्यसैले क्वान हाईशानले लुबान कार्याशालामा तालिम लिन गए। लुबान कार्याशालाका गुरुको सहयोगमा क्वान हाईशानले चिनियाँ भाषा र स्थानीय भाषा र आम्हारिक भाषाद्वारा अम्हारिक प्रशिक्षण भिडियो खिचे। उनले आफ्नो प्रयासमार्फत इथियोपियामा लुबान कार्याशालाको विकास अगाडि बढाएका छन्।

क्वान हाईशानकाअनुसार, लुबानको मातृभूमि अर्थात् चीन जाने उनको इच्छा छ। उनले थ्येन चिन व्यावसायिक प्रविधि नोर्मल विश्वविद्यालयको भर्ना पत्र पाइसकेका छन्। चाल वर्षको सेप्टेम्बरमा उनको चीन अध्ययन सपना साकार हुनेछ। उनी भन्छन्मैले लुबान कार्याशालाको उच्च मापदण्ड र प्रविधि देखेपछि लुबान कार्याशालाको उत्पादनप्रति मेरो उत्साह बढेको छ। त्यसैले मैले चीन जाने आशा लिएको छु। 

इथियोपियाको व्यावसायिक प्रविधि तालिम कलेजका निर्देशक तेशाले बेरेचाको विचारमा लुबान कार्याशालाले इथियोपिया र चीन यी दुबै मुलुकले बेल्ट एण्ड रोडको साझा निर्माण गर्नका लागि प्राविधिक सेवा र वरिष्ठ व्यक्तिको समर्थन दिएको छ।  बेल्ट एण्ड रोडको सहयोगले इथियोपियाको विकासका लागि फराकिलो सुअवसर उपलब्ध गराएको छ।