प्रधानमन्त्री ली ख छ्याङद्वारा नेपालका नव नियुक्ति प्रधानमन्त्री प्रचण्डलाई बधाई सन्देश
2022-12-30 20:58:49cri
Share with:

चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले डिसेम्बर २९ तारिख नेपालका नव नियुक्ति प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई सन्देश पठाउनुभएको छ।

बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपाल असल छिमेकी मैत्रीपूर्ण मुलुक हुन् भन्दै दुई मुलुकले सधैँ एक-अर्कालाई सम्मान गरेक र समान रुपमा व्यवहार गरेको तथा हार्दिक रुपमा सहयोग गरेको उल्लेख गर्नुभयो। विगत केही वर्षयता चीन-नेपाल सम्बन्ध स्वस्थ तथा स्थिर विकास कायम रहेको भन्दै विभिन्न क्षेत्रमा रहेको व्यावहारिक सहयोगमा पर्याप्त उपलब्धि हासिल भएको उहाँले उल्लेख गर्नुभयो। यस्ता कार्यबाट दुई मुलुक तथा यस क्षेत्रका लागि हित-कल्याण ल्याइएको पनि प्रधानमन्त्री लीले सन्देशमा समेट्नु भएको छ। प्रधानमन्त्री प्रचण्डसँगै मिलेर विकास र समृद्धि उन्मुख चीन र नेपाल बीचको युगौं युगदेखि रहेको मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अघि बढाउन र दुई मुलुका जनताका लागि अरु बढी हित-कल्याण सिर्जना गर्न आफू इच्छुक रहेको कुरा पनि प्रधानमन्त्री लीले स्पष्ट पार्नु भएको छ।