सीपीपीसीसीद्वारा नव वर्षका लागि चियापान समारोह आयोजना
2022-12-30 19:57:07cri
Share with:

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन सीपीपीसीसी राष्ट्रिय समितिले डिसेम्बर ३० तारिख नव वर्षका लागि चियापान समारोहको आयोजना गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले चियापान समारोहलाई महत्त्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले सन् २०२३ चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको भावनालाई चौतर्फी रुपमा पालना गर्ने शुरुवात विन्दु हो भन्दै साहस लिएर चुनौतीको सामना गर्नुपर्ने, अथक प्रयासमार्फत भविश्य सिर्जना गर्नुपर्ने र दोस्रो शतवार्षिकी लक्ष्य पूरा गर्न राम्रो जग बसाल्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले सन् २०२२ चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन राष्ट्रको विकासको इतिहासमा एउटा निकै महत्त्वपूर्ण वर्ष हो भन्दै सफलताका साथ चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको आयोजना गरी समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने महान् खाका बनाएको स्पष्ट पार्नुभयो।