जनवरी १ तारिख पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पोखरामा सार्वजनिक विदा
2022-12-31 18:29:09cri
Share with:

५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ। ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै हुनुहुन्छ। यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको अनलाइन खबरले लेखेको छ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी छ। विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ। उहाँसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उहाँ उपचारका लागि बाहिर हुनुहुन्छ।https://www.onlinekhabar.com/wp-content/uploads/2022/12/250X250.gif

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताउनुभयो। फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने उहाँले बताउनुभयो।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ संस्थाको सहभागितामा उद्घाटन हुने उहाँले बताउनुभयो। बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थल सञ्चालन गर्ने घोषणा गर्दा सबैभन्दा ठूलो चुनौती पोखराको फोहोर व्यवस्थापन गर्ने स्थल ल्याण्डफिल साइटकै थियो। विमानस्थलको २ किलोमिटर मात्र टाढा रहेको ल्याण्डफिल साइट नहटाउँदा त्यहाँ आउने चराका कारण दुर्घटना निम्तिन सकिने भन्दै प्राधिकरणले हटाउन आग्रह गरेको थियो।