चीन र रूसका राष्ट्रनायकद्वारा नयाँ वर्षको शुभकामना आदान-प्रदान
2022-12-31 18:41:55cri
Share with:


सन् २०२२ डिसेम्बर ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना सन्देश आदान-प्रदान गर्नुभयो।

चीन सरकार र चिनियाँ जनताको तर्फबाट राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिन र रूसी जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सन् २०२२ असाधारण वर्ष नभएको भन्नुका साथै अन्तर्राष्ट्रिय परिस्थितिको तीव्र परिवर्तन र विश्वव्यापी महामारीको निरन्तर फैलावटको वातावरणमा चीन-रूस सम्बन्धको सधैं स्वस्थ र स्थिर विकास हुँदैआएको कुरा औँल्याउनुभयो।

राष्ट्रपति पुटिनले सी चिनफिङलाई नयाँ वर्षको हार्दिक शुभकामना दिँदै मैत्रीपूर्ण चिनियाँ जनताको सुख र समृद्धिको कामना गर्नुभएको छ। पुटिनले विगत वर्ष रूसचीनबीचको बृहत्तर रणनीतिक साझेदारी सम्बन्ध सुदृढ हुँदैआएको र सो सम्बन्धको विकास बलियो देखाउनुका साथै बाहिरी चुनौतीको सामना गर्नसक्ने कुरा पनि औँल्याउनुभयो।