नव वर्षको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश
2022-12-31 20:53:08cri
Share with:

कमरेडहरु,साथीहरु,महिला र सज्जनवृन्दहरु,

सबैलाई नमस्कार। सन् २०२३ नजिकिँदै आएको छ। म पैचिङमा तपाईंहरुलाई नव वर्षको मंगलमय शुभकामना दिन चाहन्छु।

सन् २०२२ मा हामीले सफलताका साथ आयोजना गरेको चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनले समाजवादी आधुनिक मुलुकको चौतर्फी रुपमा निर्माण गरी चिनियाँ शैलीको आधुनिकीकरणमार्फत चीन राष्ट्रको महान पुन:उत्थान सम्बन्धी महान खाका बनाउनुका साथै नयाँ यात्राका लागि प्रयास गर्ने युगको आवाज बजाएका छौँ।

चीनले निरन्तर रुपमा विश्वको दोस्रो आर्थिक समूदायको स्थान कायम राखेको छ। चीनमा स्थिरताका साथ आर्थिक विकास भएको छ। चालू वर्ष चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२०० खर्ब चिनियाँ युआन नाघ्ने अनुमान गरिएको छ। विश्वमा देखा परेको अन्नबालीको संकटका सामू चीनको अन्नबालीको उत्पादन मात्रा विगत १९ वर्षयता राम्रो फसल भित्र्याइएको छ। हामीले गरिबी मुक्तिको उपलब्धिलाई सुदृढ पारी ग्रामिण क्षेत्रको उत्थानलाई चौतर्फी रुपमा अघि बढाएका छौँ। हामीले कर घटाउने लगायत अनेकन कदमहरु चालेर चिनियाँ व्यवसायहरुको कठिनाइलाई समाधान गरी सर्वसाधारणका कठिन समस्याहरुको समाधानका लागि भ्याएसम्म प्रयास गरेका छौँ।

कोरोना महामारी देखा परेयता हामीले सधैं जनताको जीवन‌लाई प्राथमिकता दिँएर बैज्ञानिक तथा उचित रुपमा महामारीको प्रतिरोध तथा नियन्त्रण गरेका छौँ। हामीले स्थिति बमोजिम महामारीको प्रतिरोधात्मक कदममा सुधार गरी सबैभन्दा ठूलो हदमा जनताको जीवन सुरक्षा तथा स्वास्थ्यको संरक्षण गरेका छौँ। व्यापक सरकारी जागिर खाने अधिकृत तथा सर्वसाधारण,विशेष गरी चिकित्सकहरु र आधारभूत निकायका कर्मचारीहरुले कठिन अवस्थामा नडराई साहस देखाएका छन्। अथक प्रयास गरेपछि हामीले पहिले नभएको कठिनाइ र चुनौति जितेका छौँ,यो हरेक चिनियाँका लागि सजिलो छैन। हाल म‌हामारी नियन्त्रण नयाँ अवधिमा पुगेको छ। तथापि कठिन अवस्थामा रहेको छ। सबैले अथक प्रयास गरिरहेका छन्। उज्यालो भविश्य हुनेछ। सबैले अझ प्रयास गर्नुपर्छ। निरन्तर रुपमा काम गरेपछि विजय प्राप्त हुन्छ। एकजूट भएर काम गरेपछि सफलता प्राप्त हुन्छ।

सन् २०२२ मा कमरेड च्याङ च मिनको निधन भयो। हामीले उहाँको महान उपलब्धि तथा आदर्श आचरणको गहन रुपमा सम्झना गरेका छौँ। हामीले उहाँको आशाको निरन्तरता दिएर नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी कार्यलाई लगातार रुपमा अघि बढाउनुपर्छ। 

इतिहासको लामो नदीमा शान्दार लहर हुन्छ,पुस्तौँ पुस्ताका चिनियाँहरुको अथक प्रयासले वर्तमान चीनको सिर्जना भएको छ।

वर्तमान चीनको समृद्ध हुने सपना निरन्तर रुपमा पूरा भएको छ।  पैचिङ ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको सफल आयोजना गरिएको छ। बरफ र हिउँ खेलाडीहरुले प्रतियोगितामा रोचक प्रदर्शन गरी उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। शन चौ तेह्र,चौध र पन्ध्र नम्बरको अन्तरिक्ष यान रिले रुपमा प्रक्षेपण गरिएको छ। चिनियाँ अन्तरिक्ष स्टेशनको चौतर्फी रुपमा निर्माण भएको छ। हाम्रो अन्तरिक्ष घर अन्तरिक्षमा स्वतन्त्र रुपमा उडेको छ। चिनियाँ जन मुक्ति सेनाको ९५ औं वर्षको स्थापना दिवस मनाइएको‌ छ। व्यापक अ‌फिसर तथा जवानहरु चिनियाँ सेना शक्तिशाली बन्ने प्रक्रियामा अघि बढेका छन्। चीनको तेस्रो विमानवाहक जहाज फु च्यान नम्बर जलमुनि उपयोग गरिएको छ। पहिलो ठूलो ढाँचे विमान सी ९१९ को ‌‌‌‌‌‌औपचारिक सुरुवात गरिएको छ। बाई ह थान जल विद्युत स्टेशन चौतर्फी रुपमा संचालनमा आएको छ। अत्यधिक चिनियाँहरुको मेहनत तथा पसिनाबाट उक्त महान उपलब्धि हासिल भएको हो। यो नै चिनियाँ शक्ति हो।

आजको चीन प्रेरक शक्ति भरिएको चीन हो। विभिन्न स्वतन्त्र व्यापार क्षेत्र र हाई नान स्वतन्त्र व्यापार बन्दरगाह द्रूत गतिले विकास हुँदै आएको छ। समुद्री तटवर्ती क्षेत्रमा सक्रिय रुपमा आविष्कार हुँदै आएको छ। मध्य तथा पश्चिमी भागको गतिशील विकास हुँदै आएको छ। उत्तर पूर्वी भागको पुन:उत्थान शुरु हुँदै छ। सिमावर्ती क्षेत्रमा उत्थान भएर त्यहाँका बासिन्दाहरु पनि धनी बन्दै छन्। चीनको अर्थतन्त्रको निहित शक्ति ठूलो छ भने त्यसको पूर्ण प्रेरक शक्ति छ। आउने समयमा दीर्घकालीन अवधिसम्म चीनको आधारभूत आर्थिक स्थितिको राम्रो विकास प्रवृति कायम रहने छ। विश्वासमा अ‌डिग भएर स्थिरताका साथ विकास गरे मात्र हामीले निर्धारित लक्ष्य अवश्य नै पूरा गर्न सक्छौँ। चालू वर्ष मैले हङ कङको भ्रमण गर्दा त्यहाँ उपयोगी व्यवस्थापनमार्फत उत्थान हुने भएको देखेपछि मलाई धेरै खुसी लाग्यो। अटलताका साथ एक देश दुई व्यवस्थाको पालना गरेपछि हङ कङ र मकाउ दीर्घकालीन अवधिसम्म अवश्य नै समृद्ध तथा स्थिर हुने छन्।

आजको चीन राष्ट्रिय भावना अवलम्बन गरेको चीन हो। यस वर्ष भएका प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प,बाढी,सुखा खडेरी तथा पहाडी आगलागी लगायत दैवि प्रकोप तथा केही दुर्घटनाबाट हामीलाई चिन्ता तथा दु:खको अनुभव भएको छ। तथापि अरुको जीवनलाई उच्च महत्त्व दिएर कठिन अवस्थामा एक अर्कालाई सहयोग गरेको दृश्य मन छुने रहेको छ। बहादूरहरुको काम स्थायी रुपमा हाम्रो मनमा रहेको छ। पूरानो वर्षको विदाइ गरेर नयाँ वर्षको स्वागत गर्दा हामीले हजारौं वर्षदेखि चीन राष्ट्रको परम्परागत सद्गुणको सम्झना गरी अघि बढ्ने विश्वास लिएका छौँ। 

आजको चीन विश्वलाई घनिष्ट जोडिएको चीन हो, यस वर्ष मैले पैचिङमा धेरै पुराना र नयाँ साथीलाई स्वागत गर्नुका साथै विदेशमा गएर चीनको प्रस्तावको जानकारी दिएको थिएँ। अहिले अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन हुँदै हिजोआजकालको विश्व स्थिर नभएकोले हामीले सधैँ नै शान्ति र विकासमा उच्च ध्यान दिनुका साथै हाम्रा साथी र साझेदारीलाई धेरै महत्व दिएर दृढताका साथ उचित इतिहासका साथमा उभिएका छौँ। मानव जातिको सभ्यताको प्रगति गर्ने पक्षमा उभिएका छौँ। मानव जातिको शान्ति र विकास कार्यमा चिनियाँ बुद्धि र चिनियाँ प्रस्ताव प्रदान गरिरहेका छौँ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनपछि म सहकर्मीहरूसँग यान आन गएको थिएँ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले यान आनमा कडा कठिनाइलाई जितेको समयको पुनसम्झना गरेर पुराना पुस्ताका सीपीसी सदस्यहरूको भावना शक्तिको अनुभव गरेको छ। एक सय वर्षको समयमा चिनियाँ कम्युनिष्ट पार्टीले कति धेरै कठिनाइको सामना गरी कति गाह्रो बाटो हिँडेको छ। यी अनुभव कति महान् रहेका छन् भन्ने कुरा मैले बारम्बार भनेको छु। पहिलेको भावनालाई बिँडो थामेर सकेसम्म प्रयास गरी भविश्यको चीनलाई अझ राम्रो बनाउनुपर्छ। भविश्यको चीनमा प्रयास गरी चमत्कारको सिर्जना गर्न सकिन्छ। प्राचीन चीनका एक जना कवि सु शले एउटा नामी भनाइ राखेका छन् सबभन्दा कठिन बाटोबाट मात्र सबभन्दा महान लक्ष्य पाउन सकिन्छ। चीनमा एउटा उखान छः गन्तव्य टाढा भएता पनि प्रस्थान गरेर अन्तिम बिन्दु भेट्न सकिन्छ। पानीको थोपाले ढुङ्गालाई पनि खियाउँछ। काम गाह्रो भएता पनि शुरू गरेपछि सफलको सम्भावना रहन्छ। कठिनाइको सामना गर्ने साहस लिएर सकेसम्म प्रयास गरी हरेक सानो काम पूरा गरी महान् लक्ष्यलाई सुन्दर वास्तविकतामा परिणत गर्न सकिन्छ।

भविश्यको चीनले एकताबाट शक्ति आर्जन गर्नेछ। चीन अति ठूलो भएकाले विभिन्न मानिसका आवश्यक्ता फरक हुनुका साथै एउटै चीजमा पनि विविध धारणा लिनु सामान्य कुरा हो। हामीले आदानप्रदान र परामर्शबाट सहमति प्राप्त गर्नुपर्छ। १ अर्व ४० करोडभन्दा बढी चिनियाँहरूले एउटै विचार लिएर एउटै ठाउँमा शक्ति आर्जन गरेमा कुनै पनि चुनौतीको सामना गर्न कठिन छैन। 

थाइवान दुई किनार एउटै परिवार भएर दुई किनारका देशबन्धुहरूले हातमा हात मिलाएर संयुक्त रूपमा चिनियाँ जातिको हितकल्याणको सिर्जना गर्ने मेरो आशा छ।

भविश्यको चीनको आशा युवाहरूको काँधमा रहेको छ। युवाहरूले राम्रो विकास गरेमा चीनमा राम्रा विकास हुनेछ। युवाहरूले चीनको विकास गर्ने कार्यभार लिनुपर्छ। युवाहरूले निहीत शक्ति लिएर आशाका साथ देशप्रेमी भावनासँगै हरेक क्षणको सदुपयोग गर्दै सुनौलो अवसर गुमाउनु हुँदैन। 

यो समयमा, धेरै जना व्यस्त काम गर्दै हुनुहुन्छ। तपाईँहरूको मिहिनेतका लागि म धन्यवाद व्यक्त गर्छु। नव वर्षको घण्टी बज्दै गरेको बेला सुन्दर भविश्यको आशा लिएर संयुक्त रूपमा सन् २०२३ को पहिलो घामको स्वागत गरौँ। महान् मातृभूमि समृद्ध बनोस्। जनतामा सुख रहोस् भन्ने शुभकामना दिनुका साथै भविश्य‌ पनि सुन्दर र शान्त बनोस् भन्ने मेरो शुभकामना छ। सबैजनालाई नव वर्षको शुभकामना!सबैजनाको चाहनालाई साकार बनोस् भन्ने शुभकामना दिन्छु। धन्यवाद।