ठूलो अपेक्षामा विश्वमा सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र
2022-01-01 18:53:04cri
Share with:

सन् २०२२ को पहिलो दिन क्षेत्रीय पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि (आरसीइपी) औपचारिक रूपमा लागू भएको छ जुन विश्वमा सबभन्दा बढी जनसंख्या भएको र सबभन्दा ठूलो आर्थिक व्यापारिक परिधि भएको तथा सबभन्दा ठूलो निहित विकास शक्ति भएको स्वतन्त्र व्यापार क्षेत्र संचालनमा आएको प्रतीक हो। विश्वका २.२ अर्ब जनसंख्या समेट्ने आरसीइपीले विश्वको सम्पूर्ण जीडीपीको ३० प्रतिशतले हिस्सा लिन्छ। लागू भएको पहिलो चरणका मुलुकहरूमध्ये आशियानका ६ वटा मुलुक, चीन, जापान, न्युजिल्याण्ड, अस्ट्रेलिया रहेका छन् भने दक्षिण कोरिया आउने फेब्रुअरी १ मा प्रवेश गर्ने भएको छ।

ठूलो अपेक्षामा विश्वमा सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र_fororder_11

आरसीइपीले ढाक्ने क्षेत्रमा रहेका ९० प्रतिशत मालसामानका लागि सून्य भन्सार लगाइने छ। साथै सेवारत व्यापार, लगानी, बौद्धिक सम्पदा अधिकार, इ-कर्मस सम्बन्धी नीति नियम पनि विश्वमा अग्रसर छ्न्। आशियानको संचारमाध्यमले यस्तो मूल्याङ्कन गरेका छन् कि आरसीइपी नै क्षेत्रीय आर्थिक पुनरूत्थानलाई अघि बढाउने इन्जिन हो भने संयुक्त राष्ट्र संघको व्यापार विकास सम्मेलनले आरसीइपीबाट विश्व व्यापारको नयाँ केन्द्र सिर्जना गर्ने ठहर गरेको छ।

ठूलो अपेक्षामा विश्वमा सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र_fororder_22

भविष्यमा चीनले ठूलो परिधिको बजार भन्ने श्रेष्ठता तथा गार्हस्थ्य निहित शक्तिको भूमिकालाई अझ राम्रोसँग खेल्दै क्षेत्रीय साझेदारसँगै क्षेत्रीय आर्थिक व्यापारिक केकलाई ठूलो बनाउँदै जानेछ जसबाट चिनियाँ बजारमा रहेका मौका अझ बढी उद्यमसँग बाँड्न सकिनुका साथै अझ बढी उपभोगसँग वस्तुगत लाभ पनि शेयर गर्दै जानेछ।