सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार
2022-01-02 20:18:22cri
Share with:

सन् २०२१ मा महामारी फैलिँदै गए तापनि चीन र नेपालबीचको मैत्रीपूर्ण आदानप्रदानको पाइला भने रोकिएका थिएन।

हामी सन् २०२१मा चीन र नेपालसम्बन्धी मामिला र समाचारको समीक्षा गर्दा दशवटा उत्कृष्ट समाचार साराँश गरेका छौं। यी उत्कृष्ट समाचारहरु यसप्रकार छन्।

१、सर्वोच्च स्तरीय आदानप्रदान

सन् २०२१ को मे २६ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन गर्नुभएको छ। चीनले लगातार नेपालमा कोभिड-१९ को प्रतिरोधका कामलाई सकेसम्म समर्थन दिने र नेपाली जनताले कोभिड-१९ विरोधीमा विजय प्राप्त गर्ने विश्वास लिएको राष्ट्राध्यक्ष सीले वार्तामा व्यक्त गर्नुभएको छ।

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_4

२、सबभन्दा व्यावहारिक वार्ता

सन् २०२१ मा चीन र नेपालका परराष्ट्र मन्त्रीबीचमा धेरै पटक टेलिफोन वार्ता भएको छ। चीनका परराष्ट्र मन्त्री वाङ यीले नेपालको खोप आवश्यकतामा उच्च ध्यान दिएर धेरै चरणमा खोपको प्रदान गर्नुका साथै नेपालले खोप खरिदमा चीनले सुविधा पनि बताउनु भएको छ।

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_2

३、सबभन्दा स्वस्थ समर्थन

सन् २०२१ मा नेपालमा महामारी प्रतिरोध तथा नियन्त्रणको अति आवश्यक माग भएर चीन सरकार तथा जनताले सकेसम्म धेरै पटक गरी नेपाललाई खोप, चिकित्सा सामग्री तथा प्रबन्धको सहयोग दिएका छन्।

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_6.PNG

४、 सबभन्दा अविस्मरणीय दिन

नेपाल र चीन दुई मुलुकका लागि आपसी दौत्य सम्बन्ध स्थापित भएको अगष्ट १ नै बिसर्न नसकिने दिन हो। यो दिनमा नेपालमा होस वा चीनमा मनाइने समारोह भव्यताका साथ आयोजना गरिने भएको छ।

५、  सबभन्दा प्राचीन आदानप्रदान

बितेका केही वर्षयता, चीनले नेपालको पुनर्निमार्ण कार्यक्रममा सक्रियताका साथ भाग लिइरहेको छ। विनाशकारी भूकम्पबाट ध्वस्त काठमाडौंस्थित दरबार हाइस्कुलको पुनर्निर्माण चीनबाट सम्पन्न गरियो र गत अक्टोबर २१ तारिखमा आयोजित हस्तान्तरण समारोहमा  स्कुलका नयाँ भवनहरू नेपालीको हातमा दिइएको छ। सन् १६२७ मा निर्मित दरबार क्षेत्रमा काठमण्डप मन्दिरको जिर्णोधारमा पनि चीनले उच्च विज्ञान तथा प्रविधिको प्रयोग गरी सहयोग दिएको छ। 

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_1

६、व्यापारिक आदान-प्रदान

सन् २०२१ मा दुई मुलुकका राजनीतिज्ञ, थिङ्क ट्याङ्क, वाणिज्य क्षेत्रका व्यक्ति, विशेषज्ञ र विद्वान, सञ्चार-माध्यमले धेरै पटक अनलाइनमार्फत विचार आदान-प्रदान गरेका छन्। दक्षिण एशिया र पूर्वी एशियाली मुलुकहरूको सामान मेला र लगानी तथा व्यापारिक आदान-प्रदान सम्मेलन, लानचौ व्यापार तथा लगानी मेला, “प्रजातन्त्र:मानवको साझा मूल्य”शीर्षकको अन्तर्राष्ट्रिय मञ्चलगायतको विभिन्न क्षेत्रको आदान-प्रदान अनलाइनको तरीकामार्फत आयोजना गरिएको छ।

७、सबैभन्दा व्यावहारिक सहकार्य

सन् २०२१ मा चीन र नेपालबीचको विभिन्न सहयोग परियोजना स्थिरताका साथ अगाडि बढाइँदैछ। सिमावर्ती क्षेत्रको हुम्ला जिल्लाको सडक निर्माण भैरहेको छ। लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण,ह्वासिन सिमेन्ट काराखनालगायतको सहकार्य र लगानी परियोजना व्यवहारमा उतारिँदैछ।

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_5

८、सबैभन्दा उत्साहिक अंक

नेपालको उद्योग मन्त्रालयबाट सार्वजनिक तथ्याङ्कअनुसार, यस वर्षको जुलाइ मसान्तसम्म लगातार ६ वर्षमा चीनको मुख्य भूमि नेपालमा वैदेशिक प्रतिबद्ध लगानीमा पहिलो स्थानमा पर्दछ । २०२०/२०२१ आर्थिक वर्षमा चीनको प्रतिबद्ध लगानी नेपालका लागि कुल विदेशी लगानीमा करिब ७० प्रतिशत पुगेको छ। नेपालमा चीनको प्रतिबद्ध लगानी मुख्यतया पर्यटनलगायत सेवा उद्योग र सूचना प्रविधि उद्योगमा रहेको तथ्याङ्कले देखाएको छ ।

९、सबभन्दा उचाइको सहयोग

सन् २०२१ मा चीन नेपालको उडान क्षेत्रमा धेरै सहयोग गरेका छन्। हिमालय एयरलाइन्सको काठमाडौँदेखि तिब्बतसम्मको उडान परीक्षण सञ्चालनमा आउनुका साथै यसले नेपालको यति एयरलाइन्ससँग पनि सहयोग गरेको छ।

१०、सबैभन्दा न्यानो पारस्परिक मद्दत

सन् २०२१ मा चीन र नेपाल यी दुवै पक्षले कोरोना भाइरस महामारीका कारण चीनमा रहेका नेपाली र नेपालमा रहेका चिनियाँ स्वदेश फर्कनका लागि सहयोग गरेका छन्। नेपालले सन् २०२१ जुलाईसम्म भिसाको अवधि बढाएको थियो। नेपालले चिनियाँहरूका लागि आगमन भिसाको शुल्कमा कुनै पनि परिवर्तन नभएको कुरा बताएको छ। चीन र नेपाल यी दुबै मुलुक एक अर्कालाई सहयोग दिने मित्रता हुन्। कठिन अवस्थामा पाएको सहयोग सबैभन्दा न्यानो हो।

सन् २०२१ चीन र नेपालसम्बन्धी दशवटा उत्कृष्ट समाचार_fororder_3

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो- चीन र नेपाल आपसी सम्मान र विश्वासिलो साथी, आपसी हितकर साझेदारी, आपसबाट सिक्ने छिमेकी र आपसलाई सहयोग गर्ने दाजुभाइ हुन्। नयाँ वर्षमा दुई देशले परम्परागत मित्रताको निरन्तर गर्ने प्रतीक्षामा छौँ।