#समाचार सन्दर्भ# विश्वको अपेक्षामा पैचिङ हिउँदे ओलम्पिकको पूर्ण तयारी
2022-01-04 15:46:53CRI
Share with:

#समाचार सन्दर्भ# विश्वको अपेक्षामा पैचिङ हिउँदे ओलम्पिकको पूर्ण तयारी_fororder_01

ठ्याक्क एक महिनापछि पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोह सुरू हुँदैछ। पैचिङ प्रतियोगिता क्षेत्र होस् वा चाङच्याखौ प्रतियोगिता क्षेत्र होस् चीनले सक्दो प्रयास गरी खेल भवनको निर्माण र संरक्षण सेवालगायत तयारी गरिसकेको छ र विश्वलाई पूर्ण हिउँदे ओलम्पिक खेलकुद प्रदान गर्नेछ।

ओलम्पिक खेलकुद एउटा सानो पृथ्वी गाउँ जस्तो हो। खेलाडीले प्रतियोगितामा भाग लिनुका साथै ओलम्पिक गाउँमा बसेर विभिन्न संस्कृतिको आदान-प्रदानसँगै शान्ति, मित्रता र विकास फैलाइरहेका हुन्छन्। त्यसैले सन् २०२१ मा फास्टर, हाइअर, स्ट्रोङ्गर भन्ने ओलम्पिक आदर्श वाक्यमा थप एकजुट शब्द पनि थपिएको थियो।

तर केही हल्ला र राजनीतिक खेल जारी छ जुन ओलम्पिक वडा पत्रको आधारभूत भावना र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रको साझा इच्छा विपरित छ। हाल अमेरिकाको नेतृत्वमा केही मुलुकले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमाथि तथाकथित कूटनीतिक प्रतिरोध लगाएका छन् तर अस्ट्रेलिया, क्यानाडालगायत केही तथाकथित गठबन्धकबाहेक धेरैजसो मुलुकले अमेरिकालाई समर्थन गरेका छैनन्। वास्तवमा अन्तर्राष्ट्रिय समूहले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको अपेक्षा गरिरहेका छन्।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा उपस्थित हुने स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ। दक्षिण कोरियाका विदेशमन्त्रीका प्रवक्ताले पैचिङ हिउँद ओलम्पिक खेलकुदको सफलताको समर्थन गरेको बताउनुभयो। फ्रान्स, साइप्रस, फिनल्याण्ड, ग्रीस, हंगेरी, इटाली, नेदरल्याण्ड, स्पेन, स्विजरल्याण्ड, बेलारुसलगायत धेरै मुलुकका राजनीतिज्ञ र ओलम्पिक कमिटिका सदस्यहरूले पैचिङ हिउँदे ओलम्पिक खेलकुदलाई समर्थन व्यक्त गर्नुका साथै सक्रिय रूपमा संलग्न हुने बताउनुभएको छ।

यसबाहेक, चीन-प्रशान्त टापु देशका विदेश मन्त्रीहरूको बैठकले संयुक्त वक्तव्य प्रकाशित गरी पैचिङ हिउँद ओलम्पिक खेलकुदको समर्थन गर्ने उल्लेख गरेको छ। ब्रिक्स शिखर सम्मेलन, शाङहाइ सहयोग संगठन शिखर सम्मेलन, चीन-रूस-भारत विदेशमन्त्री वार्ताको संयुक्त विज्ञप्ति, चीन-अफ्रिका सहयोग मञ्चको मन्त्री स्तरीय सम्मेलनलगायत प्रणालीले पनि पैचिङ हिउँद ओलम्पिक खेलकुदको समर्थन गरेको व्यक्त गरेका छन्।

हाल चीनले एक महिनापछिको भव्य समारोहको पूर्ण तयारी गरिसकेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभए झैँ हामीले विश्वलाई भव्य ओलम्पिक समारोह प्रदान गर्न प्रयास गरेका छौँ, विश्वको अपेक्षामा चीनले पूर्ण तयारी गरिसकेको छ। एक महिनापछि ओलम्पिक ज्योतिले पैचिङको आकाशलाई उज्यालो बनाएर सबैको मनमा एकता र आशाको ज्योती बाल्ने अपेक्षा गरौँ।