पैचिङ हिउँदे ओलम्पिकले एकताको शक्ति देखाउने
2022-01-04 21:02:53cri
Share with:

पैचिङ हिउँदे ओलम्पिकले एकताको शक्ति देखाउने_fororder_rp1(4)

आउने एक महिनापछि पैचिङ ओलम्पिक खेलकुद शुरू हुनेछ। सम्पूर्ण विश्वले एउटा उत्कृष्ट खेलकुद समारोहको अपेक्षा गरिरहेको छ। सो खेलकुदमार्फत विभिन्न पक्षको असहमति घटाएर सबैलाई एकतावद्ध बनाउने र कोभिड-१९ महामारीमा मानवीय एकता तथा सपना सजाउनसक्ने विश्वको आशा पनि छ।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले हाल “ओलम्पिक टिप्पणी”नामक पत्रिकामा एउटा लेख प्रकाशित गर्नुभयो। उहाँले २०२२ पैचिङ हिउँदे ओलम्पिक एउटा महत्वपूर्ण समारोह भनेर शान्तिपूर्ण, मैत्रिपूर्ण र एकताको भावनामार्फत सम्पूर्ण विश्वलाई एकजुट बनाउनुपर्ने कुरा औंल्याउनुभयो।