चीन र युक्रेनबीच दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा एक आपसलाई बधाई सन्देश
2022-01-04 15:31:08cri
Share with:

सन् २०२१ को जनवरी ४ तारिख चीन र युक्रेनबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक आपसलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा, राष्ट्राध्यक्ष सीले ३० वर्षदेखि चीन-युक्रेन बीचको सम्बन्धले सधैँ स्वस्थ र स्थिर विकासको गति कायम राखेको औंल्याउनुभएको छ। उहाँले नयाँ कोरोना भाइरसको प्रकोप पछि चीन र युक्रेनले एकअर्कालाई सहयोग गर्नुका साथै महामारीसँग लड्न हातमा हात मिलाएर दुई देशबीचको गहिरो मित्रताको प्रदर्शन गरेको बताउनुभयो। राष्ट्राध्यक्ष सीले चीन-युक्रेन रणनीतिक साझेदारीको विकासलाई ठूलो महत्व दिएको बताउनुहुँदै राष्ट्रपति जेलेन्स्कीसँग मिलेर चीन-युक्रेन सम्बन्ध र विभिन्न क्षेत्रको सहयोगमा प्रवर्द्धन गरी दुई देश र दुई देशका जनताहरुको हितमा थप परिणाम हासिल गर्न चाहेको औंल्याउनुभयो।

यसै गरी, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले विगत ३० वर्षदेखि युक्रेन-चीन सम्बन्धले विकासको सकारात्मक गति कायम राखेको बताउनुभयो। उहाँले विभिन्न क्षेत्रमा घनिष्ठ आदानप्रदान भएको र दुई पक्षबीचको सहयोग फलदायी रहेको औंल्याउनुभयो।