चीन र किर्गिस्तानबीच दौत्य सम्बन्ध स्थापनाको ३०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ तथा किर्गिस्तानका राष्ट्रपति जापारोभद्वारा एक अर्कालाई बधाई सन्देश
2022-01-05 10:51:57cri
Share with:

सन् २०२२ को जनवरी ५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र किर्गिस्तानका राष्ट्रपति जापारोभले दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा एक अर्कालाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले ३० वर्षदेखि चीन र किर्गिस्तानले आपसी समानता, आपसी हित र जीतको सहयोगको सिद्धान्तलाई सधैँ नै पालना गर्दै द्विपक्षीय सम्बन्धको विकासलाई अगाडि बढाएको औंल्याउनुभयो।

यसै गरी, किर्गिस्तानका राष्ट्रपति जापारोभले ३० वर्षदेखि किर्गिस्तान र चीनले सफलतापूर्वक व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरेको र विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यले ठूलो उपलब्धि हासिल गरेको बताउनुभयो। राष्ट्रपति जापरोभले चीनसँकोग द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र द्विपक्षीय सहयोगलाई सुदृढ र विस्तार गर्न सक्दो प्रयास गर्ने इच्छा पनि व्यक्त गर्नुभयो।