आणविक हतियार रहित विश्वको निर्माणमा चीन सधैं नै प्रयासरत
2022-01-05 20:50:01cri
Share with:

आणविक हतियार रहित विश्वको निर्माणमा चीन सधैं नै प्रयासरत_fororder_rp1

नयाँ वर्षको शुरूमा चीन, रूस, अमेरिका, बेलायत र फ्रान्स यी ५ वटा आणविक हतियार मुलुकका नेताहरूले सँगै मिलेर “आणविक युद्धको प्रतिरोध र सैनिक होडबाजी नहुने संयुक्त बक्तव्य” जारी गर्नुभएको छ।

५ आणविक मुलुकका नेताहरूले आणविक हतियार समस्याबारे बक्तव्य जारी गर्नुभएको यो पहिलो पटक हो। त्यसबाट आणविक युद्धको प्रतिरोध, विश्वको रणनैतिक स्थिरताको संरक्षण र आणविक भिडन्तको खतरालाई घटाउने सम्बन्धी ५ वटा आणविक हतियार मुलुकको साझा अभिरूचि प्रतिबिम्बित गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले त्यसको निकै स्वागत गरेको छ। रूसी राजनीतिज्ञ युरी स्विटोभले यदि त्यस संयुक्त वक्तव्यमा उल्लेखित धारणाको सम्मान गरिएमा त्यो वक्तव्य सन् २०२२ प्रेरणात्मक शुरूआत बन्ने कुरा औंल्याउनुभएको छ।