एशिया-प्रशान्त क्षेत्रको धम्की को हो?
2022-01-09 19:07:20cri
Share with:

एशिया-प्रशान्त क्षेत्रको धम्की को हो?_fororder_rp

जापानले र अमेरिकाले जनवरी ७ तारिख संयुक्तरूपमा “२+२”अन्लाइन वार्ताको आयोजना गरेका थिए। सो वार्तामा यी दुई पक्षले  तथाकथित “चिनियाँ धम्की”को विषय सिर्जना गरी एउटा नयाँ संरक्षण मामिलाको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सोही दिन अघिको एक दिन जापान र अस्ट्रेलियाबीचको वार्तामा चीनको आन्तरिक मामिलाबारेको छलफल गरिएको साथै यी दुई मुलुकले संरक्षण सहकार्यलाई प्रवर्द्धन बनाउन एउटा “पारस्परिक पहुँच सम्झौतामा” हस्ताक्षर गरे। यो सम्झौताको विषयमा जापान र अस्ट्रेलिया एकले अर्काको सुरक्षा शक्ति स्वदेशमा तैनाथी र तालिमका लागि स्वीकार गरेको लेखिन्छ। यो विषयबाट हेर्दा अमेरिकाले एशिया-प्रशान्तको सैन्य एकता बनाउन एक महत्वपूर्ण कदम चालेको छ। उक्त “२+२”वार्ता जापान र अमेरिकाले आफ्ना सैन्य शक्ति थप बढाउने बहाना गरेको देखिन्छ। किनकि सन् २०२२ अमेरिकाले राष्ट्रिय सुरक्षा बजेट ७ खर्ब ६८ अर्ब २० करोड अमेरिकी डलर पुर्याएको छ साथै जापानले पनि सन् २०२२ को सुरक्षा मामिलाको बजेट ऐतिहासिक रुपमा सबभन्दा धेरै रकम बढाएको र यो रकम गएको दश वर्ष यता निरन्तर रूपमा वृद्धि हुँदैआएको देखिन्छ।

यी विषयहरू हेर्दा कसले साँच्चै एशिया-प्रशान्त क्षेत्रमा धम्की दिंदैछ?