साँचो सिन्च्याङ कस्तो छ? त्यहाँ पुगेका मानिसको भनाइ अनुसार
2022-01-09 16:53:35cri
Share with:

साँचो सिन्च्याङ कस्तो छ? त्यहाँ पुगेका मानिसको भनाइ अनुसार_fororder_真实新疆1

अमेरिकी गाडी व्यवसाय टेस्लाले सन् २०२१ को अन्तिम दिन अर्थात् डिसेम्बर ३१ तारिख एउटा खबर जारी गर्दै सिन्च्याङको पहिलो टेस्ला केन्द्र अर्थात् उरूमुछि टेस्ला केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरेको छ। तर टेस्लामाथि स्वदेशका राजनीतिज्ञहरूले धेरैपटक गरी आक्रमण गरेका छन्। चीन विरोधी अमेरिकी राजनीतिज्ञ मार्को रूबिओले सर्वप्रथम सामाजिक सञ्जालमार्फत् आफ्नो क्रोध व्यक्त गरेका छन् भने ह्वाइट हाउसका प्रवक्ता जेन प्साकीले गम्भीर कानुनी, इज्जत र प्रयोगकर्ताहरूको खतराको सामना गर्न टेस्लालाई त्रास धम्की दिएका छन्।

ती राजनीतिज्ञको भनाइ केही समयअघि अमेरिकामा ऐन-कानुनको रूपमा सम्पन्न भएको तथाकथित “युगुर जबरजस्ती श्रमिक निवारण कानुनी मसौदा” सँग सम्बन्धित रहेको छ। ती अमेरिकी राजनीतिज्ञले त्यस कानुनी मसौदामार्फत अमेरिकी व्यवसाय र चीनको सिन्च्याङ बीचको व्यापारिक कारोबार र आवत जावतमा अवरोध लगाउन खोजेका छन्। के भन्नसकिन्छ भने टेस्लाको उक्त कारवाईले ती अमेरिकी राजनीतिज्ञको षड्यन्त्रलाई भण्डाफोर गरेको छ।