साँचो मित्र को हो? चीन र अफ्रिका जस्तै
2022-01-10 20:20:55CRI
Share with:

साँचो मित्र को हो? चीन र अफ्रिका जस्तै_fororder_01

हालै केन्याका राष्ट्रपति उहुरु केन्याटा र केन्याको भ्रमणमा रहनुभएका चिनियाँ राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको उपस्थितिमा चीनद्वारा निर्मित मोम्बासा तेल टर्मिनलको उद्घाटन समारोहको आयोजना गरियो। सो समारोहमा केन्याका राष्ट्रपति उहुरु केन्याटाले केन्याको विकासमा सहयोग गरेकोमा चीनको प्रशंसा गर्दै चीनलाई “साँचो मित्र” भएको व्यक्त गर्नुभयो।

मोम्बासा-नैरोबी मानक गेज रेलवे जस्तै मोम्बासा तेल टर्मिनल केन्याको राष्ट्रिय अर्थतन्त्रलाई पुनरुत्थान गर्नको लागि एउटा ऐतिहासिक परियोजना हो। यो “बेल्ट एन्ड रोड” को चीन-अफ्रिका संयुक्त निर्माणको अर्को फल पनि हो।

साँचो मित्र को हो? चीन र अफ्रिका जस्तै_fororder_02

जनवरी ४ तारिखदेखि ७ तारिखसम्म चिनियाँ परराष्ट्रमन्त्रीले इरिट्रिया, पूर्वी अफ्रिकाको केन्या र दक्षिण अफ्रिकाको कोमोरोसको भ्रमण गर्नुभएको छ। एक महिनाअघि चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्रीस्तरीय सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोगका लागि "नौ परियोजनाहरू" जस्ता प्रमुख पहलहरू कार्यान्वयन गर्ने घोषणा गर्नुभएको थियो। चिनियाँ परराष्ट्रमन्त्रीको अफ्रिका भ्रमणको उद्देश्य सम्मेलनको नतिजाको कार्यान्वयनलाई प्रवर्द्धन गर्नु र अफ्रिकी देशहरूलाई महामारीको सामना गर्न र चाँडै नै आर्थिक पुनरुत्थान हासिल गर्न सहयोग गर्नु हो।

परराष्ट्र मन्त्रीको भ्रमण अवसरमा चीन र केन्याले डिजिटल अर्थतन्त्र, लगानी र कृषिमा सहयोगसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका छन्। पश्चिमद्वारा प्रचार गरिएको तथाकथित चिनियाँ "ऋण जाल" सिद्धान्तको जवाफमा इरिट्रियाका राष्ट्रपति इसियासले यसको खण्डन गर्नुभएको छ। चीनले अरू देशको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको र अफ्रिकाको अपरिहार्य र वास्तविक विकास साझेदार भएको कुरामा जोड दिँदै उहाँले अफ्रिकाको शान्ति र विकासको प्रक्रियामा चीनले अझ ठूलो भूमिका खेल्ने अपेक्षा गर्नुभएको छ।