पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा
2022-01-10 15:22:02CRI
Share with:

पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा_fororder_hima0110-1

जनवरी १० तारिख चीनमा रेल संचालनको नयाँ नक्शा लागू भएको छ। यसै आधारमा पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा आएको छ जसबाट युनान प्रान्तीय खुनमिङबाट लाओसको राजाधानी भिनथेनसम्मको यात्रा रेलद्वारा २६ घण्टा मात्र लाग्ने भएको छ जुन यसै रूटमा रहेका अरू सामान्य अन्तर्राष्ट्रिय मालवाहक रेलमा लाग्ने समयभन्दा ठूलो परिमाणमा कम भएको छ।

पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा_fororder_hima0110-2

चीन रेल व्यूरोको खुनमिङ शाखाका सम्बद्ध जिम्मेवार व्यक्तिका अनुसार, प्रतिघण्टा १२० किलोमिटरको गति भएको यस मालवाहक विशेष रेल हरेक हप्ता

२ वटक संचालन गरिने छ जसमा ताजा फलफूल, फूल, विद्युतीय उत्पादित वस्तु, दैनिक जीवनमा चाहिने उपभोग्य वस्तुको ढुवानी गरिने छ। सो रेल भन्सार हुँदैजाँदा कागजरहित भएकोले अझ सुविधाजनक भएको पनि जानकारी दिइएको छ।

पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा_fororder_hima0110-3

क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सहयोगात्मक सम्बन्ध सन्धि (आरसीइपी) लागू भएपछि चीन-लाओस मालवाहक रेलको ढुवानी परिमाण स्थिर रूपमा वृद्धि हुने छ र मालसामान ढुवानी गन्तव्यहरूमा थाइल्याण्ड, म्यान्मार, लाओस, मलेशिया, कम्बोडिया, सिगापुर, बंगलादेश लगायत १० वटा मुलुक तथा क्षेत्रलाई समावेश गरिएको छ र अन्तर्राष्ट्रिय आपूर्ति चेन तथा व्यापार चेनको स्थिरताको प्रत्याभूतिका लागि सक्रिय योगदान दिइने विश्वास गरिएको छ।