चिनियाँ राष्ट्राध्यक्ष तथा इण्डोनेशियाका राष्ट्रपति बीच टेलिफोन-वार्ता
2022-01-11 19:11:37CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी ११ तारिख इण्डोनेशियाका राष्ट्रपति जोको वीदोदोसँग टेलिफोन वार्ता गर्नुभएको छ।

सो टेलिफोन वार्तामा राष्ट्राध्यक्ष सीले चीन र इण्डोनेशिया दुवै ठूलो विकासोन्मुख मुलुक भएको र दुई देशको विकास तथा जनताको सुखको खोजीमा दुवै देशको समान विचार रहेकोले संयुक्त भाग्य समुदायको निर्माण गर्न कोशिश गर्नुपर्ने तथा यसको लागि हरेक काम राम्रोसँग गर्नुपर्ने औँल्याउनुभएको छ।

उहाँले भन्नुभयो, महामारी प्रतिरोध तथा स्वास्थ्य सहयोग गर्ने क्षेत्रमा दुवै पक्षले हातमा हात मिलाएर गर्नुपर्छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा चीनले इण्डोनेशियासँगै मिलेर नव उदीयमान बजारमूलक मुलुक तथा विकासोन्मुख मुलुकको हितको संरक्षण गर्दै विश्वको आर्थिक पुनरूत्थान तथा विकासको प्रवर्द्धन एवम् विश्वको आर्थिक संचालनको सुधारको लागि योगदान दिँदै जाने इच्छा चीनले लिएको छ।

टेलिफोन वार्तामा आर्थिक, व्यापारिक, महामारी प्रतिरोध लगायतका क्षेत्रहरूमा चीनसँगको सहयोगलाई सबल पार्दै बीआरआईको संयुक्त निर्माण, क्षेत्रीय मिलिजुली आर्थिक करिडोरको निर्माण आदि कामलाई अघि बढाउँदै जाने अपेक्षा इण्डोनेशियाले लिएको धारणा इण्डोनेशियाका राष्ट्रपति जोकोले व्यक्त गर्नुभएको छ।