पार्टीको सय वर्षको इतिहास तथा अनुभवको सदुपयोग गर्नुपर्छः सी चिनफिङ
2022-01-11 20:32:00CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्ष लामो संघर्ष, इतिहास तथा अनुभवको सदुपयोग गर्दै पार्टीको भावनाको विस्तार गर्नुपर्छ। साथै एकता तथा एकीकरणको प्रवर्द्धन गर्दै दोस्रो शताब्दी लक्ष्यलाई पूरा गर्न अथक प्रयास गर्नुपर्छ। यो आग्रह चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले जनवरी ११ तारिख प्रान्तीय उच्च नेताहरूको विशेष गोष्ठीमा गर्नुभएको हो।

द्रुत गतिले परिवर्तन भइरहेको विश्व तथा चीनको सामु चिनियाँ कम्युनिष्ट पार्टीले युगको मूल प्रवाहसँगै जनताको आवाज सुनेर व्यावहारिक माँगलाई पूरा गर्नुपर्ने पनि महासचिव सीले बताउनुभएको छ। साथै पार्टीको शैलीको निर्माण तथा भ्रष्टाचार विरोधी संघर्ष गर्दै कुनै पनि व्यक्तिले नियम तथा कानून विपरित गतिविधि गरेमा छूट नमिल्ने पनि सीले व्यक्त गर्नुभएको छ।