"जबरजस्ती कूटनीति" सफल हुँदैन
2022-01-12 20:51:53CRI
Share with:

"जबरजस्ती कूटनीति" सफल हुँदैन_fororder_201

अमेरिकी अधिकारीहरूले बारम्बार सार्वजनिक रूपमा "जबरजस्ती कूटनीति" को रूपमा लिथुआनियाविरुद्ध चीनको जवाफी कदमहरूलाई गलत रूपमा प्रस्तुत गरेका छन्। "जबरजस्ती कूटनीति" को कुरा गर्दै चीनलाई गाली गर्ने यसले अमेरिकाको "प्रवचन बुलिङ" को कपट र छललाई हाइलाइट गरेको छ।

चीन र लिथुआनिया बीचको सम्बन्ध वर्तमान समयमा संकटमा छ, के सही र के गलत छ यो एकदम स्पष्ट छ। लिथुआनियाली सरकारको विश्वासघात र एक-चीन सिद्धान्तलाई कमजोर पार्ने कार्यलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा प्रश्न गरेको छ। यसको विरोध गरेको छ। अमेरिकाले राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न चीनको वैधानिक जवाफी कदमहरूलाई "जबरजस्ती कूटनीति" को रूपमा लेबल लगाएको छ। इतिहासलाई फर्केर हेर्दा, "जबरजस्ती कूटनीति" अमेरिकाको पेटेन्ट हो भन्न गाह्रो छैन। यस अवधारणाको मूल भनेको अमेरिकी रणनीतिक लक्ष्यहरू प्राप्त गर्न, अमेरिकाका मागहरू पालन गर्न र अमेरिकी शैली कायम राख्नका लागि बल प्रयोग गर्ने, राजनीतिक रूपमा अलग्गयाउने, तथा आर्थिक प्रतिबन्ध, प्राविधिक नाकाबन्दी लगाइ अन्य देशहरूलाई बाध्य पार्नु हो।

"जबरजस्ती कूटनीति" सफल हुँदैन_fororder_202

अमेरिकाको लागि "जबरजस्ती कूटनीति" उसको उपकरण बक्समा रहेको एक अविभाज्य हतियार हो। तर, बहुपक्षीयता र पारस्परिक लाभको विश्व भूमण्डलीकरणको युगमा ‘जबरजस्ती कूटनीति’ सफल हुने छैन।