ओलम्पिक मञ्चमा केही राजनीतिक जोकरको प्रहसन
2022-01-12 16:43:23CRI
Share with:

ओलम्पिक मञ्चमा केही राजनीतिक जोकरको प्रहसन_fororder_dd

केही दिनअघि नेपाली इन्टर्नेट प्रयोगकर्ताले फेसबुकमा मलाई मेसेज पठाउँदै भन्नुभयो, “ललिताजी, अमेरिका पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुने छ कि?” मैले जवाफ दिँदै अमेरिकी खेलाडीहरू पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी हुने छन् तर केही अमेरिकी राजनीतिज्ञहरूको कर्तुत एउटा उपहास हो।

करिब बीस दिनपछि सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुद शुरु हुने छ। विभिन्न मुलुकका खेलाडीहरूले हिउँदे ओलम्पिक खेलकुदमा सक्रियताका साथ सहभागी हुन चीन आउने क्रममा छन् साथसाथै अमेरिकाको प्रतिनिधित्वमा रहेका केही पश्चिमा राजनीतिज्ञहरू वा सञ्चार-माध्यमहरूले “पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा सहभागी नहुन तथा चीनतर्फ अधिकारीहरूलाई नपठाउन” नकारात्मक आवाज प्रसारण गरेका छन्।

ओलम्पिक मञ्चमा केही राजनीतिक जोकरको प्रहसन_fororder_src=http___img.010lf.com_u_image_2019_09_18_20190918135215cb7377&refer=http___img.010lf

वास्तविक कुरा के हो भने पैचिङ हिउँदे ओलम्पिक खेलकूदमा भाग लिन चीनले कहिले पनि अमेरिकी राजनीतिज्ञलाई निमन्त्रणा दिएको छैन। चिनियाँ परराष्ट्र मन्त्रालयले यो कुरा स्पष्ट रूपमा जवाफ दिएको छ। हालै अमेरिकी सरकारले चीनलाई ३ महिने भिसा आवेदन दिएको छ जुन पैचिङ ओलम्पिक खेलकूदमा सुरक्षा समर्थन काम गर्ने १८ अमेरिकी पदाधिकारीको लागि भन्ने बताएको छ। प्राप्त अर्को समाचार अनुसार, माथिका १८ जना पदाधिकारीमध्येका १५ जना अमेरिकी विदेश मन्त्रालयमा काम गर्छन् भने १ जना पेन्टागनमा काम गर्छन्। उनीहरू कसैको अमेरिकी खेलाडी प्रतिनिधि मण्डलसँग प्रत्यक्ष सम्बन्ध छैन।

वास्वतमा अमेरिका लगायत केही पश्चिमा मुलुकका राजनीतिज्ञले खेलकूद र राजनीतिलाई जोडिने गतिविधिले विभिन्न क्षेत्रबाट विरोध तथा आलोचना पाइरहेको छ।

ओलम्पिक मञ्चमा केही राजनीतिक जोकरको प्रहसन_fororder_1128169900_16396416900131n

सर्वविदितै छ, खेलकूदलाई राजनीतिकरण पार्ने गतिविधिको दृढ विरोध नै विश्वका विभिन्न मुलुकको सहमति हो। अमेरिकाले अगाडिको ढोकामा ‘विरोध गर्नु’ लेखिराखेको छ भने पछाडिको ढोकामा ‘मलाई प्रवेश दिनु’ राखेको छ र यस्ता कुरूप गतिविधिले विश्वका विभिन्न मुलुकका सर्वसाधारणबाट सामूहिक उपहास पाएको छ। चलाख नेटिजनले अमेरिकाको दोहोरो मापदण्ड र नक्कली अनुहारको वास्तविकता भएको दाबी गरेका छन्। ‘अमेरिकाले ओलम्पिक खेलकूदमा पदाधिकारीलाई नपठाएर नैतिक नाम कमाउने आशा गरेका छन् साथै गोप्य रूपमा पदाधिकारीलाई पठाउन खोजेका छन्। वास्तवमा उनीहरूले केक लिने र खाने दुवै विचार गरिरहेका छन्।’

वास्तवमा, पैचिङ ओलम्पिक खेलकुदले ओलम्पिक परिवार, विश्वव्यापी खेलाडीलाई एउटा प्रतियोगिता गर्ने, आदानप्रदान गर्ने, मित्रतालाई अघि बढाउने मौका दिनुका साथै चीन, अन्तर्राष्ट्रिय कमिटी, विभिन्न खेलकुद संगठन, विभिन्न मुलुकका ओलम्पिक समिति र विश्वव्यापी खेलाडी, मिडिया, दर्शकलाई संयुक्त रूपमा आयोजना गरिने भव्य समारोह रहेको छ। पैचिङ ओलम्पिक खेलकुद समारोह, पैचिङको मात्र होइन, ओलम्पिक परिवारको हो, विश्वको हो।

ओलम्पिक मञ्चमा केही राजनीतिक जोकरको प्रहसन_fororder_1128246625_16417246824321n

हाम्रो फेसबुकका नेपाली साथीले भन्नुभएको सही होः यदि अमेरिका सहभागी नभए घाटा उसैलाई छ, अगाडि दौड्नुहोस् चीन।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले ओलम्पिक भावनाको नेतृत्वमा विभिन्न पक्षको साझा प्रयासमा चीनले विश्वलाई एउटा सरल, सुरक्षात्मक, अद्भुत ओलम्पिक समारोह प्रदान गर्ने र अन्तर्राष्ट्रिय खेलकुद व्यवसायको अझ राम्रो विकास गर्ने विश्वास भएको बताउनुभएको छ।