विगत केही वर्षदेखि चीन र एसियाली मुलुकहरु बीच सांस्कृतिक सम्पदा सम्बन्धी सहयोग र आदान-प्रदान निरन्तर रुपमा गहन हुँदै आएको छ। यसका साथै चिनियाँहरुले एसियाका अरु बढी सांस्कृतिक सम्पदाको अवलोकन गर्न पाएका छन्। एसियामा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आदान-प्रदान र सहयोगमा के उपलब्धि हासिल भएको छ? भविष्यमा के कस्ता महत्वपूर्ण कदम चालिने छ?
एसियाली मुलुकहरुसँगको सांस्कृतिक सम्पदा सम्बन्धी सहयोग चीनको पूरातात्विक वस्तु र अरू एसियाली देश बीचको आदान-प्रदानको एउटा महत्वपूर्ण क्षेत्र हो। हाल “सिरियाको किम्वदन्ती” शीर्षकमा सिरियाको प्राचीन कालका पूरातात्विक वस्तु प्रदर्शनी शन चनको नान शान सङ्ग्रहालयमा आयोजना भइरहेको छ। सो प्रदर्शनीले १९८ वटा पूरातात्विक वस्तुमार्फत दर्शकहरुलाई सिरियाका प्राचीन र शानदार इतिहास र सभ्यता देखाएको छ। यसका साथै रेशम मार्ग र प्राचीन कालका मुलुकहरुबीच, विशेष गरी सिरिया र चीन बीचको सांस्कृतिक, आर्थिक, धार्मिक र सामाजिक सम्बन्ध रहेको देखिएको छ।
हालै चिनियाँ राष्ट्रिय पूरातात्विक वस्तु विभागद्वारा आयोजित पत्रकार सम्मेलनबाट प्राप्त जानकारी अनुसार, “सिरियाको किम्वदन्ती” शीर्षकमा सिरियाको प्राचीन कालका पूरातात्विक वस्तु प्रदर्शनी लगायत दुई पक्ष बीचका श्रृंखलाबद्ध सहयोगात्मक परियोजना “एसियाको सांस्कृतिक सम्पदाको संरक्षण कार्यक्रम” मध्येको एउटा महत्वपूर्ण भाग हो। चिनियाँ राष्ट्रिय पूरातात्विक वस्तु विभागका उप-प्रमुख हु पिङ जानकारी दिँदै भन्नुहुन्छ,
चीनले ताजकिस्तान, किर्गिस्तान, म्यान्मार लगायत मुलुकहरुसँग संयुक्त रुपमा पूरातत्वको कार्य तथा विश्व सांस्कृतिक सम्पदा विषयमा प्राविधिक सहयोग परियोजना सञ्चालन गरेको छ। संयुक्त राष्ट्र संघीय युनेस्कोको विश्व सम्पदा केन्द्रले यी कामहरुको उच्च प्रशंसा गरेको छ। चीनले सिरियासँग सहयोग गरी “सिरियाको किम्वदन्ती” शीर्षकमा सिरियाको प्राचीन कालका पूरातात्विक वस्तु प्रदर्शनीको आयोजना गरेको छ। चीनले अफगानिस्तान र पाकिस्तानसँग सहयोग गरी उरुमुछिमा चीन-अफगानिस्तान-पाकिस्तान सांस्कृतिक सम्पदा मञ्चको आयोजना गरेको छ। यी सहयोगहरु एसियाली सांस्कृतिक सम्पदाको संरक्षणका उपलब्धि हुन्।
हु पिङका अनुसार, यी उपलब्धिहरु बाहेक, चीनले एसियाका अरु मुलुकहरुसँग “एसियाली सांस्कृतिक सम्पदाको संरक्षण कार्यक्रम” अन्तर्गत संयुक्त वक्तव्यमा हस्ताक्षर गरी संयुक्त रुपमा पूरातत्वसम्बन्धि कार्य गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण र त्यसको जिर्णोद्धार गर्ने, विश्व सम्पदा सङ्ग्रहालयमा प्रदर्शन गर्ने, पूरातात्विक वस्तुको अवैध ओसार-पसार रोक्ने तथा योग्य व्यक्तिलाई तालिम दिने पक्षमा व्यावहारिक सहयोग जारी छ। जसबाट चीन र सम्बन्धित मुलुकहरु बीच सांस्कृतिक सम्पदाको सहयोगमा प्रेरणादायी शक्ति थपिएको छ।
विगत केही वर्षयता चीन र एसियाली मुलुकहरु बीच सांस्कृतिक सम्पदाको सहयोग फलदायक छ। चिनियाँ राष्ट्रिय पूरातात्विक वस्तु विभागका उप-प्रमुख हु पिङ चीनको पूरातत्व कार्य निरन्तर रुपमा भइरहेको जानकारी दिँदै भन्नुहुन्छ,
विगत केही वर्षयता हामीले एसियाका १५ मुलुकसँग २८ वटा संयुक्त पूरातत्वसम्बन्धि कार्य गरेका छौँ। हामीले रेशम मार्ग र समुद्री रेशम मार्गको महत्वपूर्ण अवशेषको सर्वेक्षण गरेपछि विश्व सभ्यतामा चिनियाँ सभ्यताको योगदानको प्रमाण दिएका छौँ। चीनले कम्बोडिया, मंगोलिया, उज्बेकिस्तान, नेपाल, म्यान्मार र किर्गिस्तान लगायत ६ एसियाली मुलुकसँग ११ वटा ऐतिहासिक स्थलको संरक्षण र जिर्णोद्धार परियोजना चलाएको छ। सांस्कृतिक सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगमा चीनलाई लाभ मिलेको छ । हाल चीनले एसियाली सांस्कृतिक सम्पदाको संरक्षण र जिर्णोद्धार सम्बन्धी सहयोगमा सक्रिय योगदान पुर्याइरहेको छ।