चाइना मिडिया ग्रूपद्वारा उत्तर अमेरिकामा हिउँदे ओलम्पिक खेलकूदको प्रवर्द्धन
2022-01-12 15:42:15CRI
Share with:

चाइना मिडिया ग्रूपद्वारा उत्तर अमेरिकामा हिउँदे ओलम्पिक खेलकूदको प्रवर्द्धन_fororder_hima0112 (1)

चाइना मिडिया ग्रूपको उत्तर अमेरिकी स्टेशनले अमेरिकाको वासिङटनमा अवस्थित क्यापिटल स्टेडियममा ‘हिउँदे ओलम्पिक खेलकूदको स्वागत गर्दै भविष्यतिर अघि बढौँ’ भन्ने कार्यक्रमको आयोजना गरेको छ। अनलाइन र अफलाइन दुवै तरिकाबाट आयोजित सो कार्यक्रममा उत्तर अमेरिकाका व्यापक बासिन्दाहरूमाझ पैचिङ ओलम्पिक खेलकूदको प्रवर्द्धन गरिएको छ।

चाइना मिडिया ग्रूपद्वारा उत्तर अमेरिकामा हिउँदे ओलम्पिक खेलकूदको प्रवर्द्धन_fororder_hima0112 (1)

चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्यौङ तथा अमेरिकाका लागि चिनियाँ राजदूत छिन काङले बेग्लाबेग्लै रूपमा भिडियोमार्फत् अमेरिकीलाई हिउँदे ओलम्पिकमा निमन्त्रण गर्दै चिनियाँ नव वर्ष बाघ वर्षको हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ।

भिडियोमा चाइना मिडिया ग्रूपका महानिर्देशक शन हाइस्यौङले विश्वमा ३५० किलोमिटरको गतिमा चल्ने हाइस्पिड रेलमा राखिएको ५ जी स्टुडियोको प्रयोग गर्दै विश्वसमक्ष अद्भुत, असाधारण र उल्लेखनीय ओलम्पिक खेलकूद देखाउने भन्दै विश्वका विभिन्न मुलुकलाई स्वागत गर्नुभएको छ। यसै गरी, अमेरिकाकालागि चिनियाँ राजदूत छिन काङले पैचिङ हिउँदे ओलम्पिकमा विश्वकै सबैभन्दा अग्रसर बरफ बनाउने प्रविधिको प्रयोग भएको र कार्बनको निष्काशन सून्यसम्म घटाइएको जानकारी दिँदै खेलाडीहरूलाई राम्रो उपलब्धि हासिल गर्न शुभकामना दिनुभएको छ।

चाइना मिडिया ग्रूपद्वारा उत्तर अमेरिकामा हिउँदे ओलम्पिक खेलकूदको प्रवर्द्धन_fororder_hima0112 (2)

यसका अतिरिक्त, हिउँदे ओलम्पिकको तयारी गर्ने चिनियाँ तथा अमेरिकी खेलाडीहरू, विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि पैचिङ हिउँदे ओलम्पिकको सफलताकालागि शुभकामना दिएका छन्।