ठूलो अपेक्षामा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र
2022-01-13 10:21:34cri
Share with:

ठूलो अपेक्षामा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र_fororder_11

सन् २०२२ को पहिलो दिन क्षेत्रीय पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि (आरसीइपी) औपचारिक रूपमा लागू भएको छ जुन विश्वमा सबैभन्दा बढी जनसंख्या भएको र सबैभन्दा ठूलो आर्थिक व्यापारिक परिधि भएको तथा सबैभन्दा ठूलो निहित विकास शक्ति भएको स्वतन्त्र व्यापार क्षेत्र संचालनमा आएको प्रतीक हो।

विश्वका २.२ अर्ब जनसंख्या समेट्ने आरसीइपीले विश्वको सम्पूर्ण जीडीपीको ३० प्रतिशतको हिस्सा ओगटेको छ। लागू भएको पहिलो चरणका मुलुकहरूमध्ये आशियानका ६ वटा मुलुक, चीन, जापान, न्युजिल्याण्ड, अस्ट्रेलिया रहेका छन् भने दक्षिण कोरिया आउने फेब्रुअरी १ मा प्रवेश गर्ने भएको छ। 

धेरैभन्दा धेरै विदेशी वस्तुहरू चीनमा प्रवेश गराउन होस् वा झन बढी चिनियाँ व्यवसायी बाहिर जान होस् आरसीइपीले सिर्जना गर्ने सबैभन्दा प्रत्यक्ष प्रभाव क्षेत्रीय आर्थिक एकीकरणलाई प्रवर्द्धन गर्नु नै हो।

आरसीइपीले ढाक्ने क्षेत्रमा रहेका ९० प्रतिशत मालसामानमा सून्य भन्सार लगाइने छ। साथै सेवारत व्यापार, लगानी, बौद्धिक सम्पदा अधिकार, इ-कर्मस सम्बन्धी नीति नियम पनि विश्वमा अग्रसर छ्न्।

आशियानको संचारमाध्यमले यस्तो मूल्याङ्कन गरेको छ कि आरसीइपी नै क्षेत्रीय आर्थिक पुनरूत्थानलाई अघि बढाउने इन्जिन हो। संयुक्त राष्ट्र संघको व्यापार विकास सम्मेलनले आरसीइपीबाट विश्व व्यापारको नयाँ केन्द्र सिर्जना गर्ने ठहर गरेको छ। यो नयाँ केन्द्र महामारीमा संघर्ष गरिरहेको विश्वव्यापी अर्थतन्त्रको लागि बलियो प्रोत्साहन शक्ति बनेको छ। जसबाट ग्लोबल आर्थिक पुनरुत्थानको विश्वासलाई प्रवर्द्धन गर्दछ।

भविष्यमा चीनले ठूलो परिधिको बजार भन्ने श्रेष्ठता तथा गार्हस्थ्य निहित शक्तिको भूमिकालाई अझ राम्रोसँग खेल्दै क्षेत्रीय साझेदारसँगै क्षेत्रीय आर्थिक व्यापारिक केकलाई ठूलो बनाउँदै जानेछ जसबाट चिनियाँ बजारमा रहेका अवसरहरू अझ बढी उद्यमीसँग बाँड्न सकिने छ साथै अझ बढी उपभोक्तासँग वस्तुगत लाभ पनि शेयर गर्दै जानेछ।

विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीन सधैँ ऐतिहासिक सत्य पक्षमा रहेको छ। बहुपक्षीयवाद र निष्पक्षताको संरक्षण गरिरहेको चीन झन झन बढी मुलुकसँग विकास बाटोमा साझेदारी बनेको छ। आरसीइपीलाई व्यवहारमा उतारेर भावी दिनमा चीनले ठूलो परिमाणको बजारको श्रेष्ठता र भित्री चाहनाको सञ्चिति शक्तिलाई अझै राम्ररीसँग खेल्दै ग्लोबल अर्थतन्त्रको पुनरुत्थानका लागि निरन्तर प्रवर्द्धन शक्ति सिर्जना गर्दै जाने छ।