जिम्बाब्वेको पर्यटनका लागि आशा उमार्दै चिनियाँ खोप
2022-01-14 10:13:57cri
Share with:

जिम्बाब्वेको पर्यटनका लागि आशा उमार्दै चिनियाँ खोप_fororder_src=http___picture_youth_cn_qtdb_202102_W020210216163719245301_jpg&refer=http___picture_youth

कोरोना भाइरस महामारी विश्वमा फैलिएको अवस्थामा जीवन जोगाउने एक मात्र आशा खोप बनेको छ। सन् २०२१ फेब्रुअरी महिनादेखि चीनले विश्व स्वास्थ्य संगठनको माग अनुसार “कोरोना भाइरस खोपको कार्यान्वयन योजना”लाई खोप उपलब्ध गराउने थालेको हो। चिनियाँ खोप अन्तर्राष्ट्रिय समाज खास गरी विकासोन्मुख मुलुकको आवश्यकता अनुसार प्रयोग गरिएको छ। सन् २०२१ मा चीनले १२० वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोजभन्दा बढी खोप उपलब्ध गराएको छ, जुन विश्वको पहिलो स्थानमा रहेको छ।

जिम्बाब्वेको भिक्टोरिया फल्स शहरका गभर्नर सोमभेली डहलामिनी भन्नुहुन्छ “मैले चिनियाँ खोप लगाइसकेँ। मैले चिनियाँ खोप लगाउँदा कुनै पनि दुःख महसूस भएन। खोप लगाएपछि मलाई कुनै पनि प्रतिकूल प्रतिक्रिया भएन। चिनियाँ खोप सुरक्षित छ। हाल फल्स शहरका ९५ प्रतिशत वासिन्दाले खोप लगाइसकेका छन्। चिनियाँ खोप लगाएपछि भाइरस फैलिन प्रभावकारी रुपमा अवरोध भएको र मृत्यु दर पनि घटेको छ।”

चिनियाँ खोपले फल्स शहरका वासिन्दाको स्वास्थ्यको प्रत्याभूति गर्नुका साथै स्थानीय टेवा व्यवसाय अर्थात् पर्यटन व्यवसायको पुनरुत्थान बढाएको छ। गत वर्षको जुलाईमा फल्स शहरले कोरोना भाइरस खोप लगायन पूरा गरिसकेका अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि पुनःखोलेको थियो। एक पर्यटक भन्छन्

जिम्बाब्वेको पर्यटनका लागि आशा उमार्दै चिनियाँ खोप_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_c7795af6-dc2b-4dd7-a725-d998db716386

 

फल्स शहरमा जहाज कम्पनी खोलेका ओस्कर एन्डरोभुले पनि पर्यटकको स्वागत गर्नुभयो। उहाँको कम्पनीको पर्यटकीय जहाज पुनःखोल्यो। उहाँको कम्पनीको व्यापारले पनि पुनरुत्थान मौकाको स्वागत गरेको थियो। एन्डरोभुकाअनुसार, जिम्बाब्वेले चिनियाँ खोपको सहायता पाएका कारण उहाँको कम्पनी पुनःव्यस्त बनेको थियो। एन्डरोभुको कम्पनीको जहाजमा जिम्बाब्वेको राजधानी हारारेबाट आएका मिया परिवारले बच्चाका लागि जन्मदिवसको मनाउँदैछन्। मियाकाअनुसार, चिनियाँ खोप लगाएका कारण उनका परिवारले फल्स शहर जाने मौका पाएका थिए। मिया भन्नुहुन्छ “हाम्रो परिवारका सदस्यहरूले हारारेमा चिनियाँ खोप लगाए। हाम्रा विचारमा हामीले खोप लगाएसकेका, किन घुम्न नगएको छ त? तपाईं हेर्नुहोस, अहिले हामीले भिक्टोरियाको फल्सको सुन्दर दृश्यको अवलोकन गर्दैछौं”

फल्स दृश्य क्षेत्रमा पत्रकारले बेल्जियमका पर्यटक ग्रेगोरी स्पाराभिएरलाई  भेट्नुभयो। चिकित्सकको हैसियतमा उहाँले फल्स शहरले सर्वप्रथम खोप लगाउने लक्ष्य पूरा गरेको कुराको प्रशंसा गर्नुभयो। उहाँ भन्नुहुन्छ “भिक्टोरियाको फल्स शहरले खोप लगाउने लक्ष्य पूरा गरेको राम्रो सूचना हो। यहाँ मलाई सुरक्षित लाग्यो। सबैजना मास्क लगाउँछन्, कुनै पनि समयमा हातहरू कीटाणुरहित बनाउन सकिन्छ।”

जिम्बाब्वेको पर्यटनका लागि आशा उमार्दै चिनियाँ खोप_fororder___172.100.100.3_temp_9500033_1_9500033_1_1_7081e065-a7f5-489f-8e9c-51d636a2ddbb

फल्स शहरका गभर्नर डहलामिनीले स्थानीय वासिन्दाले चिनियाँ खोप लगाउनुका साथै चिनियाँ खोप लगाउन धेरै विदेशी पर्यटकहरू फल्स शहर गएका कुरा बताउनुभयो। उहाँ भन्नुहुन्छ “धेरै पर्यटकहरू खोप लगाउन फल्स शहर आए। दक्षिण अफ्रिका, बोत्सवाना र जाम्बियाआदि मुलुकहरू। उनीहरूले फल्स शहर आएका कारण चिनियाँ खोप लगाउनु हो। यसबाट चिनियाँ खोपप्रति सबैलाई आशावादी भएको कुरा प्रतिविम्वित भएको छ।”