ग्वान्टानामोको २० वर्ष 'अमेरिकी शैलीको मानव अधिकार' को ठूलो विडम्बना हो
2022-01-14 18:49:32CRI
Share with:

ग्वान्टानामोको २० वर्ष 'अमेरिकी शैलीको मानव अधिकार' को ठूलो विडम्बना हो_fororder_01

अमेरिकाको ग्वान्टानामो जेल स्थापनाको २० वर्ष पुग्नैलाग्दा अन्तर्राष्ट्रिय समुदायले यसको निन्दा गरिरहेको छ। बीस वर्ष बितिसक्दा पनि अमेरिकाले कैदीहरूमाथि हुने दुर्व्यवहार रोकेको छैन साथै संसारमा "कालो जेल नेटवर्क" फैलाएको छ। स्पेनी सरकारी समाचार संस्थाले टिप्पणी गरे अनुसार, वाशिङ्गटनको कार्यले सम्पूर्ण अन्तर्राष्ट्रिय मानव अधिकार प्रणालीलाई क्षति पुर्याएको छ।

सन् २००२ को जनवरी ११ तारिख अमेरिकी सेनाले "९.११" घटना पछि पक्राउ परेका संदिग्ध आतङ्कवादीहरूलाई हिरासतमा राख्न क्युबाको ग्वान्टानामो खाडीमा रहेको अमेरिकी नौसैनिक आधारमा जेल स्थापना गरेको थियो। विगत २० वर्षमा ग्वान्टानामो जेल यातना काण्डलाई मिडियाले निरन्तर उजागर गर्दैआएको छ र अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्दैआएको छ।

ग्वान्टानामोको २० वर्ष 'अमेरिकी शैलीको मानव अधिकार' को ठूलो विडम्बना हो_fororder_02

विगत २० वर्षमा मानिसहरूले अमेरिकाको "कालो जेल" मा मानवअधिकारको सुधारमा अलिकति पनि प्रगति देखेका छैनन्। बरु, अमेरिकाले मानवअधिकारलाई कुल्चिने थप "कालो जेलहरू" स्थापना गर्न केही देशहरूसँग सहकार्य गरेको छ। उदाहरणका लागि लिथुआनियामा अमेरिकाले विभिन्न माध्यमबाट नयाँ "काला जेल" स्थापना गरेको छ। अमेरिकाले सत्य लुकाउन धेरै प्रयास गरेको छ किनभने अमेरिकी कानूनले कैदीहरूलाई अलग्गै गोप्य जेलहरूमा राख्न अनुमति दिँदैन, त्यसैले उनीहरूले "कालो जेल" विदेशमा राख्न चाहेको छ।

२० वर्षदेखि यी "कालो जेल" अमेरिकाले कानुनको शासनलाई कुल्चिने र मानवअधिकार उल्लङ्घन गर्ने क्लासिक प्रतीक बनेको छ।