#समाचार सन्दर्भ# जोसुकै चीनको गुरू हुन सक्दैन
2022-01-16 16:36:36CRI
Share with:

#समाचार सन्दर्भ# जोसुकै चीनको गुरू हुन सक्दैन_fororder_01

कथित गुरू भएर चीनलाई क्षेत्रीय शान्ति र स्थिरताको संरक्षणको पाठ सिकाउने अधिकार अधिकार कसैसँग पनि छैन। कथित गुरू बन्नका लागि चाहिने सबै लक्ष्य चीनलाई दबाव दिने हो। तर त्यस्ता गतिबिधि पूरै विफल हुनेछन्।

हालै सिनच्याङ युगुर स्वायत प्रदेशको ६७ औँ सिनच्याङ विषयसम्बन्धी पत्रकार सम्मेलन पैचिङमा आयोजना भएको छ। सो अवसरमा इजिप्तका पूर्व उप-विदेशमन्त्री अलि सिफ्नीले भिडियोमार्फत उक्त भनाइ राख्नु भएको हो।

सम्मेलनमा सिनच्याङ युगुर स्वायत प्रदेशीय जन सरकारका प्रवक्ता स्यु क्वीले भन्नुभयो: गत डिसेम्बर २३ तारिख अमेरिकाले तथाकथित युगुर जबरजस्ती श्रम प्रतिरोध दस्तावेजमा हस्ताक्षर गरी कानुन बनाएको थियो, उक्त कानुनले वास्तविकतामा वेवास्ता गरी चीनको सिनच्याङको श्रम अवस्थालाई बदनाम गरेर सार्वजनिक रूपमा चीनको मामिलामा हस्तक्षेप गरेको छ र सिनच्याङमार्फत चीनको विकासलाई बाधा पार्न खोजेको छ जसमाथि चिनियाँ जनता र विश्व न्याय शक्तिले कडा विरोध गरेका छन्।

तथाकथित जबरजस्ती श्रम नै सम्पूर्ण नक्कली कुरा हो। केही वर्षयता सिनच्याङमा सक्रिय श्रम र रोजगारी संरक्षण नीति चलिरहेको छ जसबाट विभिन्न जातिका सर्वसाधारणको रोजगार अधिकारको संरक्षण गरिएको छ र जनजीवनको धेरै सुधार भएको छ। अनेकौँ रोजगार सहुलियत नीति चलिरहेसँगै सबै रोजगार पाउनुका साथै हरेक महिना आमदानी पाउने लक्ष्य आधारभूत रूपमा पूरा भएको छ। सिनच्याङ विशेष गरी दक्षिणी सिनच्याङका विभिन्न क्षेत्रका सर्वसाधारणको उत्पादन, जीवन समेत ठूलो परिवर्तन भएको देखिन्छ।

#समाचार सन्दर्भ# जोसुकै चीनको गुरू हुन सक्दैन_fororder_02

वास्तव भन्ने हो भने अमेरिकाको बदनामबाट कुनै परिवर्तन हुँदैन। यो समस्त विश्वले स्पष्ट रूपमा देखेको कुरा हो। सम्मेलनमा इजिप्तका पूर्व-उप विदेशमन्त्री अलि सिफ्नीले भन्नुभयो: चिनियाँ कम्युनिष्ट पार्टी र चीनका विभिन्न नेतागणले सबैभन्दा ध्यान दिएको विषय चिनियाँ जनताको बढ्दैआएको जीवन स्तरसम्बन्धी मागलाई कसरी पूरा गर्ने भन्ने हो। सबैलाई थाहा छ कि चीनले विश्व मानवअधिकार घोषणा पत्र र अरू विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी सम्झौतामा हस्तक्षेर गरेको छ र मानव अधिकारसम्बन्धी सम्झौताको कडा पालना गरेको छ। विशेष गरी आर्थिक तथा सामाजिक विकास सम्बन्धी चिनियाँ जनताको अधिकारको संरक्षण गरेको छ।

जापानी केइयो विश्वविद्यालयका प्राध्यापक हिरोशीले सिनच्याङ पुगेर चिनियाँ अल्पसंख्यक जाति विकास विषयबारे अनुसन्धान गर्नुभएको थियो। उहाँले सिनच्याङको ११ पटक भ्रमण गर्नुभएको छ र चीनको अल्पसंख्यक जातिको विकास विषय र आर्थिक खाडल शीर्षकमा किताब लेख्नुभएको छ। तथाकथित सिनच्याङको जबरजस्ती श्रम विषयबारे चर्चा गर्दै उहाँले ती सबै नक्कली रहेको भन्दै पश्चिमा मिडियाको प्रचारले जातीय विभाजन र नकारात्मक प्रभाव मात्र बढाउने उल्लेख गर्नुभयो।

तर अमेरिकाका कार्यहरु अधोगतितिर छन्। हालसम्म लगभग ५ लाख बाल कृषि श्रमिक अमेरिकामा छन् भने ३ लाख २५ हजार महिला र बाल यौन दासी अमेरिकामा छन्। विगत पाँच वर्षमा हरेक वर्ष अमेरिकामा बेचिएर जबरजस्ती श्रम गर्नेको संख्या १ लाख देखिएको छ। अमेरिकाले पहिले आफूलाई सुधार गर्ने  कुरामा ध्यान दिनुपर्छ।