चीनको अर्थतन्त्रद्वारा निरन्तर रुपमा विश्व अर्थतन्त्रको पुनरुत्थानको निर्देशक
2022-01-17 19:07:49CRI
Share with:

चीनको अर्थतन्त्रद्वारा निरन्तर रुपमा विश्व अर्थतन्त्रको पुनरुत्थानको निर्देशक_fororder_0117ruiping (1)

एक वर्षअघि चीन विश्वमा आर्थिक वृद्धि भएको एक मात्रै मुख्य आर्थिक समूह बनेको थियो। त्यस अवधिमा ब्लूमबर्ग न्यूजले चीनको वृद्धिले विश्व अर्थतन्त्रलाई न्यानो बनाउन मद्दत दिँदैआएको कुरा जनाएको थियो। एक वर्षपछिको आज सन् २०२१को आर्थिक तथ्यांक सार्वजनिक भएको छ। चीन विश्व अर्थतन्त्रको पुनरुत्थानको महत्वपूर्ण शक्ति बनेको छ।

चीनको राष्ट्रिय तथ्यांक व्यूरोले १७ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२१मा चीनको अर्थतन्त्र निरन्तर र स्थिर रुपमा पुनरुत्थान भएको छ। चीनको अर्थतन्त्रको कुल मात्रा ११०० खर्ब चिनियाँ युआनभन्दा बढी भएर ११४४ खर्ब चिनियाँ युआन पुगेको छ र जुन विश्वको दोस्रो स्थानमा रहेको छ। यो वृद्धि दर अर्थशास्त्रीको अनुमान अनुकूल छ। चीनको अर्थतन्त्र निरन्तर रुपमा विश्वका मुख्य आर्थिक समूहहरूमा अग्रस्थानमा रहेको छ। चीनले विश्वलाई चीनको अर्थतन्त्रको जीवन्त शक्ति देखाएको छ।

चीनको अर्थतन्त्रको निरन्तर र स्थिर पुनरुत्थानका कारण चीनको स्वदेशी आवश्यकतामा निरन्तर रुपमा विस्तार भएको हो। स्वदेशी आवश्यकता चीनको आर्थिक वृद्धिलाई अगाडि बढाउने मुख्य शक्ति बनेको छ।

चीनको अर्थतन्त्रद्वारा निरन्तर रुपमा विश्व अर्थतन्त्रको पुनरुत्थानको निर्देशक_fororder_0117ruiping (2)

सन् २०२१मा चीनको मालसामानको आयात-निर्यातको कुल रकमले इतिहासको नयाँ कीर्तिमान भंग गरेको छ। चीनको आयात रकम र निर्यात रकममा सन् २०२०को तुलनामा बेग्ला-बेग्लै रुपमा २१.५ प्रतिशत र २१.२ प्रतिशत वृद्धि भएको छ।

विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा चीनले विश्व अर्थतन्त्रका लागि विश्वास दिनुका साथै मौका र हित उपलब्ध गराएको छ। चीनको राष्ट्रिय तथ्यांक व्यूरोको प्रारम्भिक तथ्यांकअनुसार, सन् २०२१मा चीनको अर्थतन्त्रले विश्वको आर्थिक वृद्धिका लागि दिएको योगदान दर करीब २५ प्रतिशत पुग्ने छ।

“मेड इन चाइना”ले विश्व खास गरी विकासोन्मुख मुलुकहरूको आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण मद्दत दिएको छ। सन् २०२१को अन्त्यसम्म चीनले अन्तर्राष्ट्रिय समाजलाई ३ खर्ब ७२ अर्ब मास्क, ४ अर्ब २० सुरक्षा पोशाक उपलब्ध गराएको छ भने १२० वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज कोरोना खोप उपलब्ध गराएको छ।

अर्थतन्त्रको निरन्तर र स्थिर विकास हुने चीनको विश्वास र क्षमता छ। चीन निरन्तर रुपमा विश्वको आर्थिक वृद्धिको मुख्य शक्ति बन्ने छ।