जिम्बाब्वेकी महिला चिकित्सक चिनियाँ परम्परागत चिकित्सा विधिको अनुसरण गरी जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको विकास गर्न इच्छुक
2022-01-17 09:56:47cri
Share with:

जिम्बाब्वेकी महिला चिकित्सक चिनियाँ परम्परागत चिकित्सा विधिको अनुसरण गरी जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको विकास गर्न इच्छुक_fororder_1

 

चिकित्सा विधि चीन र जिम्बाब्वे बीचको सहयोगको एउटा महत्वपूर्ण क्षेत्र हो। विगत धेरै वर्षदेखि चीनले अफ्रिका महादेशमा अवस्थित जिम्बाब्वेलाई धेरै पटक चिकित्सा टोली पठाएर चीन-जिम्बाब्वे मैत्री अस्पतालको निर्माण गरी कर्मचारीहरुको आदान-प्रदान गरेको छ। गत वर्षको सेप्टेम्बरमा चीन-जिम्बाब्वे चिनियाँ परम्परागत एक्यूपङक्चर केन्द्र जिम्बाब्वेको राजधानी हारारेमा स्थापना गरिएको थियो। त्यसले स्थानीय नागरिकहरुलाई चिनियाँ परम्परागत चिकित्सा विधि सेवा प्रदान गर्न थालेको छ। यसबाट दुई मुलुक बीचको चिकित्सा सहयोग नयाँ उचाइमा पुगेको छ। जिम्बाब्वेकी एक महिला चिकित्सक हाल सो केन्द्रमा काम गरिरहेकी छिन्। उनले चिनियाँ परम्परागत चिकित्सा विधिको अनुसरण गरी जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको विकास गर्ने अपेक्षा गरेकी छिन्।

हाल, जिम्बाब्वेको पहिलो चिनियाँ परम्परागत एक्यूपङक्चर केन्द्रमा चिकित्सक कारेन गुरुरेले चिनियाँ चिकित्सक सुन श्वाङसँग सिक्दै छिन्। सत्ताइस वर्षीय गुरुरेले बाल्यकालदेखि नै चिकित्सक बन्ने महत्वाकाँक्षा बोकेकी थिइन्। सन् २०१४ देखि २०२० सम्म उनले च्याङ सी चिनियाँ परम्परागत चिकित्सा विधि विश्वविद्यालयमा चिनियाँ परम्परागत चिकित्सा विधि सिकेकी थिइन्। चीनमा पढ्दा उनले चिनियाँ परम्परागत चिकित्सा विधिको असर देखेपछि जिम्बाब्वेमा चिनियाँ परम्परागत चिकित्सा विधिको विकास गर्ने आशा गरेकी थिइन्।

च्याङ सी चिनियाँ परम्परागत चिकित्सा विधि विश्वविद्यालयमा चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी विषय थियो। त्यस बेलामा मैले चिनियाँ परम्परागत चिकित्सा विधि सिकेर विश्वविद्यालयबाट स्नातक भएपछि जिम्बाब्वेमा चिनियाँ परम्परागत चिकित्सा विधिबाट विरामीहरुको निदान र उपचार गर्ने योजना बनाएकी थिएँ। किनभने चिनियाँ परम्परागत चिकित्सा विधि प्रभावकारी छ र चिनियाँ परम्परागत चिकित्सा विधि तथा पश्चिमा चिकित्सा विधिको सिद्धान्त पनि फरक छ। गत वर्ष जिम्बाब्वे फर्केपछि मैले चिनियाँ परम्परागत एक्यूपङक्चर केन्द्र स्थापना भएको खबर पाउँदा यहाँ काम गर्ने निवेदन दिएकी थिएँ।

जिम्बाब्वेको परम्परागत चिकित्सा विधिको पनि पूरानो इतिहास छ। जिम्बाब्वेमा पनि विविध जडीबुटी औषधी छन्। गुरुरे आफ्नो बाल्यकालदेखि नै जडीबुटी औषधीप्रति रुचि भएकी थिइन् र उनले चाहेको बेलामा जडीबुटी औषधीको प्रयोग गर्छिन्। तथापि चिनियाँ परम्परागत चिकित्सा विधिको तुलनामा जिम्बाब्वेको परम्परागत चिकित्सा विधि आधुनिक भएको छैन। त्यसलै आफ्नो ज्ञानमार्फत स्थानीय परम्परागत चिकित्सा विधिको विकास गरी त्यसको राम्रो पुस्तान्तरण हुनसक्ने उनको आशा छ।

चिनियाँ परम्परागत चिकित्सा विधिको निरन्तर विकास हुँदै आएको छ। चीनमा धेरै चिनियाँ परम्परागत चिकित्सा विधि विश्वविद्यालय र चिनियाँ परम्परागत चिकित्सा विधि अस्पताल खडा भएको छ। जिम्बाब्वेले चीनसँग सिकेर परम्परागत चिकित्सा विधिको विकास गर्नुपर्छ। किनभने परम्परागत चिकित्सा विधि प्रभावकारी रहनुका साथै त्यसको साइड इफेक्ट कम हुन्छ र त्यसको मुल्य पनि सस्तो हुन्छ।

गुरुरेले चिनियाँ परम्परागत चिकित्सा विधि र जिम्बाब्वेको परम्परागत चिकित्सा विधि बीच धेरै समानता रहेको भन्दै आफ्नो श्रेष्ठताको उपयोग गरी यी दुई किसिमको चिकित्सा विधिको संयुक्त विकास गर्नसक्ने आशा गरेकी छिन्।

हाल म चिनियाँ परम्परागत चिकित्सा विधिमार्फत विरामीको निदान र उपचारको स्तर उकास्न कोसिस गरिरहेकी छु। मैले चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी प्रमाण पत्र छिटो प्राप्त गर्नसक्ने आशा गरेकी छु। सो प्रमाण पत्र पाएपछि मैले आफ्नो क्लिनिक संचालन गरी चिनियाँ परम्परागत चिकित्सा विधि र जिम्बाब्वेको परम्परागत चिकित्सा विधिबाट विरामीको निदान र उपचार गर्नसक्ने आशा राखेकी छु।