दाभोस मञ्चमा चीनको आवाजद्वारा विश्वका प्रश्नको जवाफ
2022-01-18 18:48:45CRI
Share with:

दाभोस मञ्चमा चीनको आवाजद्वारा विश्वका प्रश्नको जवाफ_fororder_0118ruiping

“राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाउनका लागि कोसेढुंगा हो। राष्ट्राध्यक्ष सीले आगामी वर्षहरूमा चीन र विश्वले अझै राम्रो भविष्यतर्फ कसरी लम्कने भन्ने कुरा देखाउनुभयो।” विश्व अर्थतन्त्र मञ्च अर्थात् दाभोस मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस श्बासले उक्त कुराको मूल्यांकन गर्नुभएको हो।

जनवरी १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा सन् २०२२ विश्व अर्थ मञ्चको भिडियो सम्मेलनलाई सम्बोधन गर्नुभयो। राष्ट्राध्यक्ष सीले हाल विश्वको टड्कारो चुनौतीबारे चार सूत्रीय प्रस्ताव प्रस्तुत गर्नुभयो, तीन वटा कारवाहीको घोषणा गर्नुभयो, विश्वलाई चीनले विश्वको सहकार्यलाई अगाडि बढाउने अठोट र प्रयास देखाउनुभयो।

राष्ट्राध्यक्ष सीले दाभोस मञ्चमा चीनको आवाज प्रसारण गर्नुभएको यो तेस्रो पटक हो। उहाँले पनि सन् २०१७ र सन् २०२१ दाभोस मञ्चमा चीनको अडान र चीनको योजनाबारे ब्याख्या गर्नुभएको थियो।

सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले विश्वासलाई सुदृढ पार्नु र पारस्परिक रुपमा सहयोग गर्नु महामारीलाई पराजित गर्ने एक मात्रै सही बाटो भएको, विश्वको विभिन्न मुलुकले अन्तर्राष्ट्रिय महामारी बिरुद्धको सहकार्यलाई बढाउनुपर्ने, मानव स्वास्थ्य समुदायको निर्माणलाई गति प्रदान गर्नुपर्ने, खोपको निष्पक्ष वितरणको प्रत्याभूति गर्नुपर्ने कुरामा जोड दिनुभयो।

दाभोस मञ्चमा चीनको आवाजद्वारा विश्वका प्रश्नको जवाफ_fororder_0118ruiping2

चीनले १२० वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज खोप उपलब्ध गराइसकेको, अफ्रिका र आशियान मुलुकलाई फेरि करोडौं डोज खोप सहयोग दिने कुराको घोषणा गरेको छ।

सीले संरक्षणवाद र एकपक्षीयतावादले अरुलाई हानी पुर्‍याउनुका साथै आफूलाई पनि हानी पुर्‍याउने, फरक मुलुक र फरक सभ्यताले पारस्परिक सम्मानमा साझा विकास गर्नुपर्ने कुरा बताउनुभयो।

सीले दाभोस मञ्चमा सम्बोधन गर्नुभएको सोही दिन चीनले अर्थतन्त्रको सन् २०२१को तथ्यांक सार्वजनिक गरेको थियो। चीनको अर्थतन्त्रले विश्वको आर्थिक वृद्धिका लागि दिएको योगदान दर करीब २५प्रतिशत पुग्ने अनुमान छ।

दश दिनपछि चीनले चिनियाँ पात्रोअनुसार नव वर्ष बाघ वर्षको स्वागत गर्ने छ। नयाँ आरम्भमा चीनले विश्वको विकासलाई मद्दत दिने छ।