अमेरिकीहरूले किन अमेरिका सरकारलाई अविश्वास गरिरहेका छन् त?
2022-01-20 17:29:37CRI
Share with:

अमेरिकीहरूले किन अमेरिका सरकारलाई अविश्वास गरिरहेका छन् त?_fororder_IMG_7242.PNG

विश्वको सबै‍भन्दा ठूलो सार्वजनिक सम्बन्धको परामर्श कम्पनी एडल्मानले जनवरी १८ तारिख सन् २०२२ को “एडल्मान ट्रस्ट ब्यारोमिटर”प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनअनुसार, अमेरिका सरकारको सार्वजनिक विश्वास घटेर न्यूनस्तरमा पुगेको छ।

सन् २०२०देखि एडल्मानले हरेक वर्षमा विश्वका सरकारहरूको विश्वासको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ। उक्त संस्थानले गत वर्षको नोभेम्बर १ तारिखदेखि २४ तारिखसम्म २८ वटा मुलुकका ३६ हजार जनासँग गरेको सर्वेक्षण प्रतिवेदनअनुसार, सरकारप्रति चिनियाँ सर्वसाधारणको विश्वास स्तर ९१प्रतिशत पुगेको थियो र जुन विगत दश वर्षको सर्वोच्च स्तर भयो। अमेरिका सरकारप्रति अमेरिकी सर्वसाधारणको विश्वास स्तर घटेर ३९प्रतिशत पुग्यो।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले जनवरी १७ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, अमेरिकामा कोरोना भाइरस संक्रमित भएकाहरूको संख्या ६ करोड ५० लाखभन्दा बढी पुगेको छ भने मृत्यु भएकाहरूको संख्या ८ लाख ५० हजारभन्दा बढी पुगेर विश्वको पहिलो स्थानमा रहेको छ। जीवन र स्वास्थ्य गम्भीर रुपमा हानी पुर्‍याइएको बेलामा अमेरिकी सर्वसाधारणहरूले सरकारलाई कसरी विश्वास गर्छन् त?

अमेरिकीहरूले किन अमेरिका सरकारलाई अविश्वास गरिरहेका छन् त?_fororder_IMG_7243.PNG

महामारीको पृष्ठभूमिमा अमेरिकामा धनी र गरिब बिचको भिन्नता आश्चर्यजनक देखिएको छ। हार्वर्ड विश्वविद्यालय आदि संस्थानहरूको सर्वेक्षणअनुसार, ४० प्रतिशत अमेरिकी परिवार गम्भीर आर्थिक कठिनाइमा परेका छन्। पाँच भागमध्येको एक भागका अमेरिकी परिवारले सबै बचतको खर्च गरिसकेका छन्। “वाल स्ट्रीट जर्नल”ले हाल ओमिक्रोनबाट परेको कोरोना भाइरस संक्रमित भएकाहरूको संख्याको वृद्धि र मुद्रास्फीतिले अमेरिकीहरूको विश्वास घटाएको लेखेको छ।

जनवरी २० तारिख अमेरिकी वर्तमान सरकारको शासन भएको एक वार्षिकोत्सव हो। एडल्मानको विश्वव्यापी विश्वास सर्वेक्षण प्रतिवेदनले अमेरिका सरकारलाई चेतावनी गरेको छ। सर्वसाधारणको विश्वास एक मुलुकको समृद्धि र विकासको जग हो। विश्वासको संकटमा परेका अमेरिकी राजनीतिज्ञहरूले सर्वसाधारणहरूको आव्हान र माग सुन्नुपर्छ।