“घाउले ढाकिएको विगतको एक वर्ष”बाट अमेरिकी शैलीको प्रजातन्त्रको विफलता
2022-01-21 17:05:06CRI
Share with:

“घाउले ढाकिएको विगतको एक वर्ष”बाट अमेरिकी शैलीको प्रजातन्त्रको विफलता_fororder_0121ruiping (1)

जनवरी २० तारिख अमेरिकी नेताको शासन सुरू भएको प्रथम वार्षिकोत्सव हो। बेलायतको स्काइ न्यूजले यसरी मूल्यांकन गर्दै अमेरिकी नेताका लागि शासनको एक वर्ष घाउले ढाकिएको एक वर्ष भएको टिप्पणी गरेको छ।

हाल अमेरिकाको महामारी पुनःगम्भीर भैरहेको छ। मुद्रास्फीति दरमा वृद्धि भैरहेको छ। अमेरिकी राष्ट्रपतिले राष्ट्रपतिको शपथ ग्रहण गर्दा प्रस्तुत गर्नुभएको सबै प्रतिबद्धता हालसम्म व्यवहारमा उतारिएको छैन।

अमेरिकामा महामारीबाट मृत्यु भएकाहरूको संख्या करीब ९ लाख पुग्यो भने एक वर्षअघिभन्दा ५ लाखले वृद्धि भयो। संक्रमितको संख्या एक वर्षअघिको भन्दा तीन गुणा बढेको छ। अमेरिकी राष्ट्रपतिले प्रशंसा गर्नुभएको बेरोजगारी दरको कटौती, आर्थिक वृद्धि, शेयर बजार राम्रो बनिरहेकोआदि आर्थिक “उपलब्धिहरू” नक्कली समृद्धि हो।

“घाउले ढाकिएको विगतको एक वर्ष”बाट अमेरिकी शैलीको प्रजातन्त्रको विफलता_fororder_0121ruiping (2)

ती कुराहरू अमेरिकाको प्रजातान्त्रिक प्रणाली विफल हुने आवश्यक नतिजा हो। पैसा राजनीतिले अमेरिकाको निर्वाचन, बिधायिका, प्रशासनको नियन्त्रण गर्छ। अमेरिकाको राजनीति र वाणिज्य क्षेत्रले प्रस्तुत गरेको नव-उदारवादले अमेरिकाको वास्तविक अर्थतन्त्रमा असर पारेको छ।

एक वर्षसम्मको वास्ताविकताबाट यो विफलता उम्मेदवार व्यक्तिको विफलता नभएको र अमेरिकी शैलीको प्रजातन्त्रको विफलता भएको कुरा प्रमाणित गरिएको छ।