सी चिनफिङ र एन्टिगुवा तथा बार्बुडाका गभर्नरबीच बधाई आदान-प्रदान
2023-01-01 16:55:41cri
Share with:

सन् २०२३ को जनवरी १ तारिख राष्ट्राध्यक्ष सी चिनफिङले एन्टिगुवा र बार्बुडाका गभर्नर विलियम्ससँग दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वार्षिकोत्सवका अवसरमा बधाई सन्देश आदान-प्रदान गर्नुभएको छ।

सी चिनफिङले एन्टिगुवा र बार्बुडा क्यारिबियन क्षेत्रमा चीनका महत्वपूर्ण सहयोगी साझेदार भएको कुरा औँल्याउनुभएको छ। चीन र एन्टिगुवा तथा बार्बुडाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष यता दुई पक्षीय सम्बन्ध सुमधुररूपमा विकास भएको र राजनीतिक आपसी विश्वास बलियो हुँदै आएको साथै व्यावहारिक सहयोगको फलदायी नतिजा हासिल भएको र दुई देशका जनताबीचको मित्रता प्रगाढ हुँदैआएको कुरा उल्लेख गर्नु भएको छ।

विलियम्सले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सव मनाउँदा निकै खुसी लागेको र एन्टिगुवा तथा बार्बुडा-चीन सम्बन्धमा महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो।