सी चिनफिङको नयाँवर्षको शुभकामना सन्देशले विश्वशान्ति र भाइचारा प्रवर्द्धन
2023-01-01 16:37:01cri
Share with:

नयाँ वर्ष सन् २०२३ का अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दिनु भएको शुभकामना सन्देशले विश्वमा शान्ति र भाइचारा बाँडेको चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले बताउनु भएको छ। जनवरी १ तारिख आइतबार सीआरआई नेपाली सेवासँग कुरा गर्दै उहाँले सीको शुभकामना सन्देशले विश्वमा न्यानोपन छरेको पनि उल्लेख गर्नुभयो।

सीको शुभकामना सन्देशलाई आफूले मूलतः तीन भागमा वर्गीकरण गरेको बताउँदै चीनले हासिल गरेका उपलब्धिलाई सी चिनफिङले आफ्नो शुभकामना सन्देशमा प्राथमिकताका साथ समेट्नु भएको उहाँले बताउनुभयो। कोभिडको कठिनाइमा पनि चिनियाँ अर्थतन्त्र चलायमान भएको र १९ वर्षसम्म चिनियाँ खाद्यवालीको वृद्धि तथा खाद्यसुरक्षाले चीनमा गरिबी निवारण सफल भएको विषय विश्वका लागि अनुकरणीय रहेको पौड्यालको भनाइ छ। यसैगरी सीपीसीको २० औँ महाधिवेशन र हिउँदे ओलम्पिक तथा चीनले अन्तरिक्ष क्षेत्रमा पाएको सफलतालाई पनि सी चिनफिङले चीनको उपलब्धिका रुपमा राख्नु भएको भन्दै नेपालको छिमेकी मुलुक चीनका यस्ता उपलब्धि गहन रहेको पौड्यालले विश्लेषण गर्नुभयो।

यसैगरी चिनियाँ समाजलाई अगाडि लानेका लागि एक अर्ब ४० करोड चिनियाँ जनताले देखाएको एकता र युवाहरुको प्रशंसा गर्दै सी चिनफिङले चीनको उज्वल भविष्यको सङ्केत गर्नु भएको आफूले पाएको पौड्यालले बताउनुभयो।

विश्व शान्ति र भाइचारका रुपमा सी चिनफिङले बोलेको कुरा निकै महत्वपूर्ण रहेको पनि उहाँले उल्लेख गर्नुभयो। हङकङ र मकाउको विकास तथा ताइवान जलडमरुका चिनियाँ जनताबीचको एकताले विश्वलाई शान्ति र भाइचारा बाँडेको भन्दै चीनले अँगालेको एक राष्ट्र दुई व्यवस्था प्रणालीको व्यावहारिक पक्ष थप उज्यालो भएको पाइएको छ। बीसौँ महाधिवेशनपछि आफूले यानआन गरेको उल्लेख गरेर सी चिनफिङले इतिहासबाट सिक्नुपर्ने र नयाँ चीन निर्माणमा भएको बलिदानी र योगदानलाई उच्च सम्मान गर्नुपर्ने कुराको मार्मिक सङ्केत गरेको चीनका लागि पूर्व नेपाली राजदूत तथा नेपालका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले बताउनुभयो।